back
CTIZAN AD

पंचहरुको जात्रा !

वि.सं.२०७४ असोज ८ आइतवार

1.1K 

shares

गाइजात्राकै वरीपरी पारेर जात्रा प्रहशन भयो पाठकबृन्द यसपाला । सबै पंचहरुमा मुख्य अभिभावक भनिएका पूर्वराजा ज्ञानेन्द्रले देशप्रति माया भएकाहरु एकैठाउँमा हुनुपर्ने भनेर अपिल गरेकै बेला पंचहरुले भने सो अपिलको समेत अवज्ञा गरे पाठकबृन्द ।
सुर्य बहादुर थापा (सुबथा) को निधन अघि श्री लोचन (लोकेन्द्र बहादुर चन्द) र सुबथाको द्धन्द्ध मुख्य हुन्थ्यो पाठकबृन्द । तर, यतिबेला थापाकाजीले काठमाडौं र धनकुटा मात्र होइन ब्रम्हाण्ड नै छाडेर गैसकेका छन् । अनि छोरो सुवथालाई ढाप दिइरहेका छन् । कथाका पात्र कमल थापा शक्तिसाली पार्टी अध्यक्ष भैरहेका बेला स्थानीयतहको निर्वाचनमा साह्रै लाजमर्दो परीणाम आउनु अनि वरिष्ठ नेताहरुको मनोभावना बुझ्न नखोज्नुले राप्रपालाई संकटमा पु¥याउने अनुमान सबैका हनुमानले समेत गरेकै थिए पाठकबृन्द ।
प्रचलो (प्रकाशचन्द्र लोहनी) र केववि (केशर बहादुर विष्ट) को समुह मिलेर नयाँ पार्टी बनिसकेपछि पनि श्री पशरा (पशुपति सम्शेर राणा) ले कनिकुथी नयाँ पार्टी बनाएको घोषणा गरेपछि राप्रपाले गाइजात्रा देखाएको हो पाठकबृन्द । यता टाल्दा उता नहुने, उता टाल्दा यता नहुने राजपा जस्तै राप्रपा त हुन्न ? कम्तिमा राष्ट्रवादीहरुलाई चिन्ता परेको छ पाठकबृन्द ।

वि.सं.२०७४ असोज ८ आइतवार ०८:३५ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...