Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

पंचहरुको जात्रा !



गाइजात्राकै वरीपरी पारेर जात्रा प्रहशन भयो पाठकबृन्द यसपाला । सबै पंचहरुमा मुख्य अभिभावक भनिएका पूर्वराजा ज्ञानेन्द्रले देशप्रति माया भएकाहरु एकैठाउँमा हुनुपर्ने भनेर अपिल गरेकै बेला पंचहरुले भने सो अपिलको समेत अवज्ञा गरे पाठकबृन्द ।
सुर्य बहादुर थापा (सुबथा) को निधन अघि श्री लोचन (लोकेन्द्र बहादुर चन्द) र सुबथाको द्धन्द्ध मुख्य हुन्थ्यो पाठकबृन्द । तर, यतिबेला थापाकाजीले काठमाडौं र धनकुटा मात्र होइन ब्रम्हाण्ड नै छाडेर गैसकेका छन् । अनि छोरो सुवथालाई ढाप दिइरहेका छन् । कथाका पात्र कमल थापा शक्तिसाली पार्टी अध्यक्ष भैरहेका बेला स्थानीयतहको निर्वाचनमा साह्रै लाजमर्दो परीणाम आउनु अनि वरिष्ठ नेताहरुको मनोभावना बुझ्न नखोज्नुले राप्रपालाई संकटमा पु¥याउने अनुमान सबैका हनुमानले समेत गरेकै थिए पाठकबृन्द ।
प्रचलो (प्रकाशचन्द्र लोहनी) र केववि (केशर बहादुर विष्ट) को समुह मिलेर नयाँ पार्टी बनिसकेपछि पनि श्री पशरा (पशुपति सम्शेर राणा) ले कनिकुथी नयाँ पार्टी बनाएको घोषणा गरेपछि राप्रपाले गाइजात्रा देखाएको हो पाठकबृन्द । यता टाल्दा उता नहुने, उता टाल्दा यता नहुने राजपा जस्तै राप्रपा त हुन्न ? कम्तिमा राष्ट्रवादीहरुलाई चिन्ता परेको छ पाठकबृन्द ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन