तुरुप फ्याक्दा आफैँ कुरुप हुन्छन की भन्ने लख काटिरहेको बेला माउवादी अदक्षे प्रचण्डले फेरि नयाँ तुरुप फ्याकेका छन पाठकबृन्द ।
देशभक्त गणतान्त्रिक सरकारको सट्टा नयाँ जनवादी क्रान्तिको बाटोबाट मुलुकलाई अघि बढाउनुपर्छ भनेर नयाँ तुरुपमा हौसियएका प्रचण्डले चालीस देखि ६० को दशकमा आधा समय तयारी र आधा समय प्राक्टिसमा फालेकै हुन् पाठकबृन्द ।
१० वर्षको जनयुद्धको जगमा दोश्रो जनआन्दोलनको परीणाम स्वरुप प्रचण्डले ठूलै स्थान हात पारेपछि पनि उनले धेरै तुरुप हुत्याइरहेकै हुन् । रुक्मांगतको तुरुपले उनैलाई हुत्याउने तहसम्म पु¥यायो भने खिलाराजको तुरुपले माओवादी नै कुरुप बने पाठकबृन्द । तर, यतिबेलाको तुरुप पनि जोडदार छ रे पाठकबृन्द । हिजो बाबुराम पार्टीमा हुँदा सम्म कार्यकारी राष्ट्रपतिको मुद्दालाई ऐजेन्डा नबनाएका प्रचण्डले अहिले जस्ले मुद्दामा समर्थन गर्छ उसैसँग।।। भनेर नयाँ तुरुप फुत्काइसकेका छन रे । तुरुपै तुरुपको खेल खेल्न माहिर मानिएका प्रचण्ड काउरेड यो तुरुपबाट भने कति उक्सीन्छन कुन्नी !
-->