back
CTIZAN AD

दशैंका अवसरमा २१ कैदीलाई माफी

वि.सं.२०७४ असोज ९ सोमवार

882 

shares

jail-805x510

९ असोज, रत्ननगर  (चितवन) । सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।

कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका छ जना परेका छन् । हातहतियार सम्बन्धी मुद्दाका चार जना र कर्तव्य ज्यान मुद्दाका चार जनाको पनि कैद माफी भएको छ ।

यस्तै चोरी मुद्दाका तीन जना, बहुविवाह मुद्दाका तीन जना र डाँका मुद्दाको एक जनाको पनि कैद माफी गरिएको कारागार प्रमुख काफ्लेले जानकारी दिनुभयो । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरु सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् ।

जिल्ला कारागार चितवनले ३० जनालाई आम माफीका लागि सिफारिस गरेकामा २१ जनाले माफी पाएका हुन् । यसअघि अघिल्लो वर्ष संविधान दिवसमा १७ जना र दशैँमा पाँच जना कैदी छुटेका थिए । गएको गणतन्त्र दिवसमा २४ जनाले माफी पाएका थिए ।

जिल्ला कारागार चितवनमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा रहेका छन् । काफ्लेका अनुसार कारागारमा अहिले कैदी, थुनुवा र आश्रित बालबालिका गरी ६०१ जना छन् । जसमा ५९ जना महिला र तिनमा आश्रित पाँच जना बालबालिका छन् ।

कैदी र थुनुवाको चाप बढी भएकाले व्यवस्थापनमा कठिनाइ हुने गरेको कारागार चितवनले जनाएको छ । जसका कारण विभिन्न प्रकारका बिरामीलाई पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको छ ।

वि.सं.२०७४ असोज ९ सोमवार ०५:३५ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...