Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

लेवनानबाट चन्द्राले पठाइन् अपांगता भएका भाइबहिनीका लागि आर्थिक सहयोग



chandraलेबनानमा कार्यरत चन्द्रकला श्रेष्ठले गोरखाका अपाङता भएका तीन भाइबहिनीको लागि आर्थिक सहयोग पठाएकी छन् ।
गोरखा बुंकोट खाब्दी भन्ज्याङंका १६ वर्षे राजीव श्रेष्ठ, २५ वर्षीया शिला र ३० वर्षकी लीलाको समाचार अन्नपूर्णपोस्टमा आएपछि लेखिका समेत रहेकी चन्द्राले आफ्नो पहिलो कृति ‘ऋतु’ को विक्रि वापत आएको रु १० हजार उनीहरुको सहयोगका लागि पठाएकी हुन् ।
झण्डै १० वर्षदेखि लेवनानमा रहदै आएकी चन्द्रा सामाजिक अभियन्ता पनि हुन् । उनले उक्त सहयोग गोरखाका पत्रकार शिव उप्रेतीमार्फत पठाएकी हुन् ।

gorakha
पत्रकार उप्रेतीले सोमबारै राजीवको घर पुगेर आमा पोष कुमारी श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
‘मैले पत्रिकाबाट उहाँहरुको अवस्था थाहा पाउँदा अत्यन्तै दुःख लाग्यो’ लेबनानमा रहेकी चन्द्राले संसारन्युजलाई भनिन्, ‘धेरै केही गर्न सकिन मैले पठाएको रकमले केही दिन गर्जो त टर्ला तर पीडा फेरि पनि उस्तै छ । उहाँहरुको पीडामा सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।’

receipt

 

यस्तो थियो अन्नपूर्णमा प्रकाशित भएको समाचार 

बुंकोट : गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ । सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ । कोटथोकको सिरानमा एउटा झुप्रो घर छ । १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो । चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज खुवाए, खुसीयाली मनाए । अफसोच, एक वर्षको नहुँदै उनको ज्यान सुक्दै गयो । टाउको धान्न नसक्ने हुन थाल्यो ।

ज्यान लल्याकलुलुक हुँदै गयो । बोल्न नसक्ने, घिस्रेर हिँड्न पनि नसक्ने हुँदै गए । उनीभन्दा माथिका दुवै दिदीलाई पनि यस्तै समस्याले गाँजेको थियो । राजीव पनि अब त्यस्तै हुने भयो भनेर परिवारलाई चिन्ता लाग्यो । छिमेकी पनि चिन्तित भए । ‘अरू त त्यस्ता भएभए, यो छोरालाई पनि बिगार्ने भए । उपचार गर्न लैजाओ भनेर सबैले कराए’ आमा पोषकुमारी पुराना कुरा स्मरण गर्दै भन्छिन्, ‘काठमाडौं लगियो । पोखरा लगियो । दबाई खुवाइयो । केके गरियो-गरियो । डाक्टरले टाउकाको अप्रेसन गर्नुपर्छ भने । अप्रेसनचाहिँ गरिएन ।’

पैसा नभएर अप्रेसन नगरेको दुःख सुनाउँदा उनको गला अवरुद्ध भयो । ‘सम्पत्तिको नाममा दुई हलको मेलो पाखो बारी छ’, उनले भनिन्, ‘बिहान खाए साँझ के खाऊँ, साँझखाए बिहान के खाऊँ छ । टाउकाको अप्रेसन गर्ने पैसा कहाँ पाउने ? ‘ तीन सन्तान यसरी नै अहिले पूर्ण अपांग छन् ।
खर्च अभावले कसैको पनि उपचार गर्न नसकेको बाध्यता सुनाउँदा उनको अनुहारमा पीडाभाव स्पष्ट देखिन्थ्यो ।

सम्पत्तिको नाममा दुई हल मेलो पाखो बारी छ । बिहान खाए साँझ के खाऊँ, साँझ खाए बिहान के खाऊँ छ । टाउकाको अप्रेसन गर्ने पैसा कहाँ पाउने ?  -पोषकुमारी श्रेष्ठ, आमा

त्यसयता यो दम्पतीले पूर्ण अपांग तीन सन्तानको स्याहार गर्दै आएको छ । राजीवभन्दा माथिका २५ वर्षकी दिदी शिला र उनीभन्दा पनि माथि ३० वर्षकी लीला पनि पूरै अपांग छिन् । तीनैजना सुतेरै दिन, रात, साँझ, बिहान बिताइरहन्छन् । हात, टाउको, ज्यान पनि अरूले नै दायाँ-बायाँ घुमाइदिनुपर्छ । देख्न सक्छन्, सुन्न सक्छन् तर बोल्न सक्दैनन् । ‘सँगै बसिरह्यो भने तीन जनाको टाउको, ज्यान दायाँ-बायाँ घुमाइरहनुपर्छ । ज्यान दुख्दो होला, रुन्छन् । ज्यान मिचिरहनुपर्छ’, पोषकुमारी भन्छिन्, ‘तर सँगै बसिरहन पनि पाइँदैन । निमेक नगरे मुखमा चारो पर्दैन, घर-गृहस्थी धान्नै पर्‍यो ।’

उठाइदिने, दिसापिसाब गराइदिने, हातमुख धोइदिने, पकाउने, खाने, खुवाउने गरेरै बिहान बित्छ । ‘११ बजेतिर दौडिँदै मेला गयो, घरमा यिनीहरूलाई के भइरहेको होला भनेर भत्भती पेट पोलिरहन्छ’, लुंगीको फेरले आँसु पुछ्दै पोषकुमारीले भनिन्, ‘साँझ आयो, यिनकै स्याहारसुसार गर्‍यो पकायो, खुवायो, यसरी नै चलिरहेको छ ।’

‘जे-जस्ता भए पनि आफ्नो मुटुको टुक्रा हुन् । माया लागिहाल्छ’, उनी भन्छिन्, ‘यी हेर्नुस्, मकैबारीबाट कति धेरै लामखुट्टे आउँछन् । लामखुट्टे, भुसुनाले टोकिरहन्छन्, धपाउन सक्दैनन् । यस्तो हालत छ । भगवानले पनि हामीलाई मात्र …’ धेरै बोल्ने बानी नभएकी पोषकुमारीको थोरै बोली पनि सन्तानका कुरा गर्दा आँसुको ओजले भरिएका हुन्छन् ।

छोराछोरीको पढाइप्रति चिन्ता गर्ने, छोराछोरीसँग घुमफिरमा समय दिने उनीहरूको भाग्यमा छैन । ‘काममा जानुपर्छ, सँगै बस्न पाइँदैन । एकछिन सँगै बस्न पाइयो भने टाउको चलाइदिने, कन्याइदिने, मुसार्दिने हातखुट्टा पड्काइदिने गर्नुपर्छ’, आमा पोषकुमारी भन्छिन्, ‘यसरी चलाइदियो भने आनन्द मान्छन्, मुसुमुसु हाँस्छन्, खुसी हुन्छन् । सन्तान हाँसे आफूलाई खुसी लाग्छ ।’ यसैमा सन्तान सुखको अनुभूति गरिरहेको छ पोषकुमारी दम्पतीले ।

अहिले जसोतसो चलिरहे पनि आफ्नो हातखुट्टा बसेपछि के गर्ने भन्नेमा उनीहरू चिन्तित छन् । ‘अहिले त यी तीन मात्र सुतिरहेका छन् । अब हामी पनि काम गर्न नसक्ने भएपछि सबैजना यतै थुप्रो लाग्यो बस्यो’, उनी भन्छिन्, ‘मनकारी इष्टमित्रले बेलाबेला सहयोग गर्छन् । एक÷दुई दिन पो सहयोग गर्लान् । आफन्तले नि सधैं सक्दैनन्, एक÷दुईफेर सहयोग गरेर के साध्य लाग्छ र !’

पोषकुमारीको परिवारको साहै्र बिचल्ली रहेको वडाध्यक्ष शरण श्रेष्ठ बताउँछन् । ‘लीला, शिला र राजीव तीनैजना सधैं पिँढीमा पसारो परिरहन्छन्’, उनी भन्छन्, ‘बुबा र आमा दिनभर अरूको निमेक गर्न जान्छन् । खानुखुट्नु हुँदैन । दिनभर त्यस्तै पल्टिरहन्छन् । बिजोक देख्नुपरेको छ ।’
राजीवभन्दा माथिका दुई छोरीको बिहे भइसकेको छ । पोषकुमारी पनि क्षयरोगी हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा