back

डा विनयकुमार श्रेष्ठद्वारा युरोप संयोजक पदको उमेदवारी घोषणा

वि.सं.२०७४ असोज १० मंगलवार

270 

shares

dr-binaya-kurmar-shrestha

आदरणिय एनआरएन सँघका अग्रज अभियन्ता र प्रिय एनआरएन मित्रहरू,
एनआरएन सँघको आगामी आठौं अन्तर्राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्वको चयन गर्दैछ। विगत एक दशकदेखि म यो अभियानमा अनवरत आबद्ध रहेको तथ्य सबै एनआरएनकर्मीहरूलाई अवगतै भएको कुरा हो। यस सन्दर्भमा, सँघको ‘युरोप संयोजक’ को गौरवशाली जिम्मेवारी निर्वाह गर्न म इच्छुक रहेको कुरा यहाँहरू समक्ष अनुरोध गर्न चाहन्छु । आगामी दिनहरूमा तपाईंहरूका चासो र सुझाव सुन्दै अन्तरकृया गरिरहने नै छु ।

मेरो उमेदवारी केका निम्ति ?
• गैरआवासीय नेपाली सँघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै आईसीसीसँग रचनात्मक सहकार्य र समन्वय गर्ने।
• युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने।
• सँघको विकेन्द्रिकरणमा जोड दिई युरोप क्षेत्रलाई अझ सशक्त क्षेत्रका रुपमा स्थापित गराउने र केन्द्रीय नीतिनिर्माण र योजनाहरुमा प्रत्यक्ष संलग्न रहने।
• सँघको संस्थागत चुनौतिहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउने।
• युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र कार्यान्वयन गर्ने ।
• नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्ने। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने।

मैले आफूलाई किन योग्य ठानेँ ?
सामाजिक संस्थामा र पेशागत रूपमा दीर्घकालिन विचार, कार्यनीति र भिजन लिएर नेतृत्वदायी र उच्चस्तरिय व्यवस्थापनका साथ काम गरेको अनुभव
विगत एक दशकदेखि अनवरत रूपमा सँघको जिम्मेवार पदहरूमा सेवारत ।

संलग्नता : 
• संस्थापक उपाध्यक्ष (सन २००८-२००९), गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
• अध्यक्ष (२००९-२०११ र २०११-२०१३) गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
• आईसीसी सदस्य (२०१५-२०१७) स्विटजरल्यान्डको प्रतिनिधित्व
• साथै सँघका विभिन्न समितिहरुमा रही काम गरेको अनुभव
क्यान्सर रोग विशेषज्ञ, १४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत। नेपाल र युरोपमा उच्चस्तरिय पेशागत अनुभव र शिक्षा ।

शिक्षा: 
• एम.बि.बि.एस. (नेपाल)
• एम.डी. (स्विटजरल्याण्ड)
• बायोमेडिकल ईन्जिनियरिङमा स्नातकोत्तर (स्विटजरल्याण्ड)
• एफ.एम.एच. रेडिएसन अंकोलोजी विशेषज्ञता (स्विटजरल्याण्ड)
संस्थागत काममा खटिन र सामाजिक सेवामा प्रतिबद्ध ।

गैरआवासीय नेपाली दीदिबहिनी दाजुभाइ एवं पत्रकार मित्रहरु,
विदेशमा रहेका नेपालीहरूको प्रतिनिधि संस्था एनआरएनसँघलाई अझै उचाईमा पुर्‍याउन र युरोपेली डायस्पोरामा रहेका नेपालीहरूको सेवा र प्रगतिका निम्ति समन्वयात्मक भूमिका खेल्न मेरो अनुभव, शिक्षा र सीपलाई उपयोग गर्न सक्ने विश्वास लिएको छु । यस अभियानमा तपाईंहरुको साथ, सहयोग र शुभेक्षा रहने अपेक्षा गर्दछु ।

डा. विनय कुमार श्रेष्ठ
युरोप संयोजक पदको उमेदवार
गैरआवासीय नेपाली सँघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
हाल : गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड आईसीसी सदस्य
मिति : २० सेप्टेम्बर २०१७

 

वि.सं.२०७४ असोज १० मंगलवार ०४:३५ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...