back
CTIZAN AD

आगलागीमा रु १५ लाख क्षति

वि.सं.२०७४ कात्तिक ४ शनिवार

732 

shares

४ कात्तिक, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ कलङ्कीस्थित एक मैनबत्ती कारखानामा शुक्रबार बिहान आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

कलङ्की चोक नजिक प्रदीप सुवेदीले सञ्चालन गर्दै आएको मैनबत्ती उद्योगमा आज बिहान साढे २ बजेतिर भएको आगलागीमा कच्चा पद्धार्थलगायत सामग्री जल्दा रु १५ लाखभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

लक्ष्मीपूजाका लागि बालिएको मैनबत्ती राति बल्दै गएर अन्यत्र फैलिई भएको आगलागी इटहरीको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रण गरिएको थियो ।

पीडित परिवारलाई रु पाँच हजार

केही दिनअघि आगलागीमा परेर घरबारविहीन मोरङ सुन्दरहरैंचा–९ का दानबहादुर खड्काको परिवारलाई तिहार मान्न सहयोग पुगोस् भनेर बिहीबार रु पाँच हजार सहयोग दिइएको छ ।

आगलागीमा परी खड्काको काठको घर जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको नोक्सानी भएको तथा घर जलेर बसोबासको समेत समस्यामा परेकाले भूतपूर्व प्रहरी कर्मचारी सङ्गठन परिवारले आपत्कालीन राहतस्वरूप उक्त रकम उपलब्ध गराएको बताइएको छ । आगलागीपछि खड्का परिवार छिमेकीको सहयोगमा आन्तरिक शरणार्थीका रूपमा त्रिपालको छाप्रोमा चाडपर्व मनाउन बाध्य छ ।

वि.सं.२०७४ कात्तिक ४ शनिवार ०३:०३ मा प्रकाशित

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...