back
CTIZAN AD

भवन आचारसंहिता लागू गर्न नगरपालिकालाई निर्देशन

वि.सं.२०७४ कात्तिक ६ सोमवार

846 

shares

६ कात्तिक, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई भवन आचारसंहिता लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्राचार गरी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलको अनुरोधअनुसार यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

समाज कल्याण मन्त्रालयले नगरपालिकालाई अपांगतामैत्री संरचना निर्माण गर्न सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतीक्षालय, पार्किङस्थल, मनोरञ्जनस्थल, सम्मेलन केन्द्र, चलचित्र घरजस्ता सार्वजनिकस्थल र सर्वसाधारणका लागि खुला गरिएका व्यावसायिक तथा आवासीय भवनजस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त ¥याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेलसमेतको व्यवस्था गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्ले २०६९ फागुन ६ गते अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका पारित गरेको थियो । निर्देशिका पारित भए पनि त्यसअनुसार संरचना निर्माण नभएकाले समाज कल्याण मन्त्रालयको अनुरोधमा स्थानीय विकास मन्त्रालयले नगरपालिकालाई यो निर्देशन जारी गरेको हो ।

वि.सं.२०७४ कात्तिक ६ सोमवार ०३:३१ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...