back
CTIZAN AD

निर्वाचन तयारीका लागि को कहाँ खटिए त कांग्रेसका केन्द्रीय नेताहरु

वि.सं.२०७४ कात्तिक २७ सोमवार

612 

shares

congresh-flag

२७ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

काँग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा वेनुपराज प्रसाईँ, खोटाङमा रमा पौडेल, नुवाकोटमा प्रा वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, काँग्रेसले धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुषाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा हिमलाल घिमिरे, लमजुङमा धनबहादुर मास्की राना, गोरखामा भेषराज दुवाडी, रूकुम (पूर्वी)मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम)मा गेहेन्द्र गिरीलाई खटाएको छ ।

यसैगरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालीकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर तथा बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाउने निर्णय गरेको मुख्य सचिव पौडेलले बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०२:५६ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...