back
CTIZAN AD

सुदूर पश्चिम सेवा समाज युएईद्वारा कैलालीका बाढी पिडितलाई राहत वितरण

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

837 

shares

rahat

२८ कात्तिक, धनगढी । संयुक्त राहत संयन्त्र युएईको पहलमा संकलित राहत सुदूर पश्चिम सेवा समाज युएई मार्फत कैलालीको टीकापुरमा बाढीपीडितलाई हस्तान्तरण गरिएको छ ।
कात्तिक २७ गते शनिबारका दिन कैलाली जिल्ला टिकापुर नगरपालिका बाढीले क्षतिग्रस्त भएका वडा नं। ६ का चार परिवार र वडा नं ७ का २ गरी ६ परिवारलाई राहत स्वरूप करिब एक लाख मुल्य बराबरका कर्कटपाता हस्तान्तरण गरिएको हो ।
राहत वाफत कर्कटपाता पाउदा धेरै खुशी महशुस भएको अब भत्केको घरलाई नया बनाउने भर्तापुरका बाढीपीडित धनीराम चौधरीले बताए । उनले सहयोगको भरमा नयाँ घर नबन्ने आफ्नो पर्यत्न पनि चाहिने भएकाले राहत सामग्री र आफ्नो तर्फबाट गर्न सक्ने कार्यले अवको केही दिनमा नयाँ घर बनाउने बताए । ‘जति छ त्यत्तिमै सन्तुष्ट हुनुपर्छ, एकै पल्ट राम्रो सुन्दर घर बन्दैन, घरमा रहेको सामान प्रयोग गरी नयाँ घर बनाउने जोहोमा छु’ उनले भने ।
संयुक्त अरब इमिरेट्स ९युएई० मा रहेका नेपालीले बाढीपीडितलाई पठाएको राहत रकमले उक्त परिवारलाई कर्कटपाता प्रदान गरिएको हो । राहत वाफत ६ परिवारलाई दुईरदुई बण्डलका दरले कर्कटपाता प्रदान गरिएको छ । कर्कटपाता पाए पछि अब थप केही रकमको जोहो गरी नयाँ घर बनाउने भर्तापुरका दुर्गादेवी बुढाले बताईन । उनले घरमा रहेको अन्य पाता मिलाएर नयाँ घर बनाई शितलहरबाट बाँच्ने आशा जागेका बताए । घरमा अन्य कमाउने कोही छैन । मलाई अझै पनि सहयोग अपेक्षा छ, बुढाले भनिन् ।
प्रकोपले मानवलाई मात्र हैन सबैलाई दुस्ख दिने भएकोले युएईमा रहेका नेपालीले मानविय रूपमा सहयोग गरेको र सहयोगले विकास हुने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद आर्चायले बताए । उनले प्रकोपको बेला अन्य धन भन्दा ज्यान महत्त्वपूर्ण रहेकोले दुस्खले शिक्षा मिल्ने, वातावरणमा अनुकुलन हुन सिकाउने बताए ।
संयुक्त अरब इमिरेट्स ९युएई० मा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च बचाएर संयुक्त राहत संयन्त्र युएईको पहलमा जुटाएको राहत रकम मध्ये कैलाली जिल्लाका बाढ पीडितका लागि छुट्याईएको एक लाख रुपैयाँ सुदूरपश्चिम सेवा समाज युएई मार्फत पठाएको पत्रकार एकिन्द्र तिमिल्सिनाले जानकारी दिदै दुस्खको घडीमा सहयोग गर्ने सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए ।
राहात वितरण कार्यक्रममा बोल्दै पत्रकार गणेश चौधरीले पत्रकारको भूमिका महत्त्वपूर्ण रहेकोले पत्रकारहरू दुस्ख सुखको सारथी बन्ने, एक आपसमा सम्बन्ध कायम गर्ने भएकाले पीडितलाई राहतको सहकार्यका सधै पत्रकार रहि रहने बताए ।
पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटले विदेशमा रहेका नेपालीले पठाएको राहतले राहत मात्र नभई नेपाली बिचको आत्मियता रहेकोले सहयोग महत्त्वपूर्ण रहने बताए । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका सल्लाहकार धनबहादुर बुढामगरले राहात जुटाएकोमा सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए । उनले विदेशमा नेपालीलाई जति दुस्ख भए पनि नेपाल र नेपाली प्रतिका माया प्रगाढ हुने भएकाले नेपालीको दुस्खमा नेपालीले अग्रसर भई विगत देखि अहिले सम्म सहयोग गरि रहेको बताए ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०६:१३ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...