back
CTIZAN AD

न्युजर्सीमा महिला हिंशाबिरुद्ध नेपाली महिलाको साथमा अमेरिकन महिला समेत रातो फरियामा

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

951 

shares

nj-13

२८ कात्तिक, न्युजर्सी । रातो राम्रो गुलियो मिठो बैस छदा खेरि भन्ने गीत संझेर या अर्को बर्षको तीज लाई अहिले देखि नै निम्ता दिन पनि यसरि रातो फरियामा पनि भेला भएका हैनन् ।

किशोरी देखि बृद्ध सम्म अमेरिकाको न्युजर्सीमा शहरमा लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन गत नोभेम्बर ११ तारिख शनिबार अमेरिकाको न्युजर्सीमा नेपाली महिला को साथमा अमेरिकन महिलाहरु समेत रातो फरियामा देखिए ।

न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो फरियामा उपस्थीत भएका थिए ।

न्युजर्सीको हड्सन काउन्टी (जिल्ला) मा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

nj

बंगाली, हिन्दी, अँग्रेजी तथा नेपाली भाषामा समेत यस पटक देखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ विद्यावारिधि) नेपाली समुदायको संयोजक भएकोले उहाँकै पहलमा रातो फरिया कार्यक्रमको आयोजना गरिएको हो ।

डा परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश परेकी थिइन् भने यौनहिंशाबिरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नास्तासिया फ्लेश्चरले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा सीबीसी बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी थोमस कफलिन , जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष उमा पोखरेलले, साहित्यकार गिता खत्री , डा सामिना मिर्जा तथा कवियत्री शकुन्तला ज्ञवालीले कविता वाचन गरेकी थिइन् ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०६:२० मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...