२८ कात्तिक, काठमाडौं । एसीसी यू- १९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले ४६ रनको विजयी लक्ष्य पाएको छ ।
वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपालले प्रतियोगिताकै उत्कृष्ट बलिङ गर्दै नेपालले मलेशियालाई १५.३ ओभरमा ४५ रनमा समेटेको हो ।
आयोजक टोली टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २र२ तथा अनिलकुमार साहले १ विकेट लिए ।
मलेशियाको लागि ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो । नेपालले केहि बेरमै जवाफी ब्याटिङ गर्दै छ ।