back
CTIZAN AD

पेस्तोल र विस्फोटक पदार्थसहित चितवनबाट दुई पक्राउ

वि.सं.२०७४ मंसिर ११ सोमवार

858 

shares

११ मंसिर,चितवन । निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्न ल्याइएका विस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीको मजदुर फ्याक्सन इञ्चार्ज पूर्वेली कान्छा र पूर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुलाई आइतबार भरतपुरको गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेको साथबाट कटुवा पेस्तोल एक, पेस्तोलमा लाग्ने कार्टिज एक, आलु बम १०, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनको चन्दा रसिद एक ठेली, पुरन राईको नाममा रहेको ३० हजारको चेक र नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित पुस्तक एक थान बरामद गरिएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १४:१९ मा प्रकाशित

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...