back
CTIZAN AD

रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट 

वि.सं.२०७४ मंसिर १२ मंगलवार

951 

shares

१२ मंसिर, बुटवल । अव्यवस्थित बसोबासीले आफूहरुलाई रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् ।

बुटवलको सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बस्ती बसोबास गर्ने वडा नं ११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपूर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अबको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।

उक्त वडामा सोमबार स्थानीय बासिन्दाको घरदैलोमा पुगेका वाम गठबन्धनका उम्मेदवारहरुसँग उनीहरुले यस्तो माग गरेका हुन् । एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेल र प्रदेशसभा १ का उम्मेदवार लीला गिरीसहितको घरदैलोका क्रममा स्थानीयवासीले आफूहरुको मागप्रति संवेदनशील भइदिनसमेत आग्रह गरेका छन् ।

वाम गठबन्धनको घोषणापत्रमा अव्यवस्थित र भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने विषय उल्लेख भएको र यो निकै सकारात्मक रहेको उल्लेख गर्दै उनीहरुले आफूहरुका समस्या सम्बोधनको ग्यारेन्टी भए वाम गठबन्धनका उम्मेदवारलाई सघाउन तयार रहेको वचन दिएका छन् ।

“जसले घरबासको टुंगो लगाइदिन्छ उसैलाई भोट दिने हो”, प्रगतिनगर टोल संस्थाकी शारदा भण्डारीले भन्नुभयो । सुन्दरनगरस्थित सुकुम्बासी टोलकी शकुन्तला परियारले विगतमा आश्वासनमात्रै पाएको भन्दै यसपटक घोषणापत्र हेरेर घरबासको व्यवस्था हुनेमा आशावादी भएको बताउनुभयो ।

स्थानीयवासीको गुनासो सुनेपछि एमाले उपमहासचिव एवं क्षेत्र नं २ का उम्मेदवार पौडेलले अव्यवस्थित बसोबासीको व्यवस्थापनको जिम्मा वाम गठबन्धनले लिने बताउनुभयो । उहाँले अबको चुनावपछि वाम गठबन्धनले बहुमत ल्याउने र त्यसपछि सुकुम्बासी समस्या हल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०६:२६ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...