Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भूकम्पले क्षतिग्रस्त बुद्ध मूर्तिको जीर्णोद्धार सम्पन्न



१२ मंसिर, भक्तपुर । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर नगरपालिका–७ स्थित प्रसिद्ध तीर्थस्थल हनुमानघाट परिसर खुसी विहारमा रहेको भगवान् बुद्धको ठूलो मूर्तिको जीर्णोद्धार सम्पन्न भएको छ ।

भक्तपुर बौद्ध सम्पदा संघको भूकम्पले क्षतिग्रस्त बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गर्ने योजनाअन्तर्गत गत भदौ ८ गतेबाट शुरु भएको जीर्णोद्धार मंसिर पहिलो साता सम्पन्न भएको हो ।

भक्तपुरको मुनि विहार, इनाचो, वाँचुत्वाःका दाताहरु, स्व रामशेखर नकर्मीको परिवार र अन्य नकर्मी परिवार, इन्द्रवर्त महाविहार, एवं स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा कूल रु एक लाख ३० हजार ३६० को लागतमा जीर्णोद्धार सम्पन्न भएको संघका उपाध्यक्ष सुगतरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

यस स्थानमा भगवान् बुद्ध, प्रज्ञा पारमिताको मूर्ति, महाँकालको मूर्ति, चार वटा चैत्य, मण्डला पनि जीर्ण अवस्थामा रहेकाले ती सम्पदाको संरक्षणका लागि पनि संघले सहयोगका लागि आग्रह गरेको संघका सल्लाहकार पद्मसुन्दर शाक्यले जानकारी दिनुभयो ।

हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल रहेको हनुमानघाट परिसरमा हाल भजन घर, मठ मन्दिरको पुनः निर्माण भइरहेको छ भने संघकै अग्रसरतामा इताछेँस्थित बौद्ध समकृत विहार अगाडिको महाँकाल मन्दिरमा रहेकोे बौद्ध चैत्यको जीर्णोद्धार कार्य सम्पन्न भएको छ । त्यस्तै भक्तपुर थालाछेँस्थित जीर्ण हाकु चिभाःहरुमा जर्मन नागरिक हेनरिक मायरको सहयोगमा तीन वटा चैत्यको माथिल्लो भाग त्रयोदश भुवन पुनःस्थापना गरी मर्मत कार्य तथा हनुमानघाट परिसरमा रहेको प्रज्ञापारमिता मन्दिरको पनि जीर्र्णोद्धार सम्पन्न भएको संघले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ