back
CTIZAN AD

भूकम्पले क्षतिग्रस्त बुद्ध मूर्तिको जीर्णोद्धार सम्पन्न

वि.सं.२०७४ मंसिर १२ मंगलवार

1.1K 

shares

१२ मंसिर, भक्तपुर । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर नगरपालिका–७ स्थित प्रसिद्ध तीर्थस्थल हनुमानघाट परिसर खुसी विहारमा रहेको भगवान् बुद्धको ठूलो मूर्तिको जीर्णोद्धार सम्पन्न भएको छ ।

भक्तपुर बौद्ध सम्पदा संघको भूकम्पले क्षतिग्रस्त बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गर्ने योजनाअन्तर्गत गत भदौ ८ गतेबाट शुरु भएको जीर्णोद्धार मंसिर पहिलो साता सम्पन्न भएको हो ।

भक्तपुरको मुनि विहार, इनाचो, वाँचुत्वाःका दाताहरु, स्व रामशेखर नकर्मीको परिवार र अन्य नकर्मी परिवार, इन्द्रवर्त महाविहार, एवं स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा कूल रु एक लाख ३० हजार ३६० को लागतमा जीर्णोद्धार सम्पन्न भएको संघका उपाध्यक्ष सुगतरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

यस स्थानमा भगवान् बुद्ध, प्रज्ञा पारमिताको मूर्ति, महाँकालको मूर्ति, चार वटा चैत्य, मण्डला पनि जीर्ण अवस्थामा रहेकाले ती सम्पदाको संरक्षणका लागि पनि संघले सहयोगका लागि आग्रह गरेको संघका सल्लाहकार पद्मसुन्दर शाक्यले जानकारी दिनुभयो ।

हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल रहेको हनुमानघाट परिसरमा हाल भजन घर, मठ मन्दिरको पुनः निर्माण भइरहेको छ भने संघकै अग्रसरतामा इताछेँस्थित बौद्ध समकृत विहार अगाडिको महाँकाल मन्दिरमा रहेकोे बौद्ध चैत्यको जीर्णोद्धार कार्य सम्पन्न भएको छ । त्यस्तै भक्तपुर थालाछेँस्थित जीर्ण हाकु चिभाःहरुमा जर्मन नागरिक हेनरिक मायरको सहयोगमा तीन वटा चैत्यको माथिल्लो भाग त्रयोदश भुवन पुनःस्थापना गरी मर्मत कार्य तथा हनुमानघाट परिसरमा रहेको प्रज्ञापारमिता मन्दिरको पनि जीर्र्णोद्धार सम्पन्न भएको संघले जनाएको छ ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०६:२९ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...