back

कच्चा पदार्थसहित ३४ हजार लिटर घरेलु मदिरा नष्ट

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

435 

shares
IME Limited
NTC AD

१५ मंसिर, रत्ननगर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत शुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।

उक्त अभियानका क्रममा विहिबारसम्म कच्चा पदार्थसहित ३४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार तयारी मदिरा मात्रै १३ हजार लिटरभन्दा बढी बरामद गरेर नष्ट गरिएको छ ।

यस्तै घरेलु मदिरा बनाउने तयारीमा राखिएको २१ हजार लिटरभन्दा बढी कच्चापदार्थ बरामद गरी नष्ट गरिएको ढकालले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा योजनाको पाँच रणनीतिमध्येको घरेलु मदिरा नियन्त्रण अभियान जिल्लाको बजारसँगै गाउँ क्षेत्रमा समेत सञ्चालन गरिएको बताउनुभयो ।

घरेलु मदिराका कारण साना कुरालाई ठूलो बनाउने र त्यसैबाट राजनीतिक समूहबीच नै विवादको अवस्था सिर्जना गर्ने भएकाले यो अभियानलाई कडाइ गरिएको प्रहरी प्रवक्ता ढकालले बताउनुभयो ।

अहिलेसम्म मदिरा उत्पादन नगर्न र बिक्री नगर्ने सर्तमा छाडिएको र आजदेखि सुरक्षा कडा पारिएकाले यस्ता क्रियाकलाप भएको पाइए पक्राउ गरिने प्रहरीले जनाएको छ । घरेलु मदिरा नियन्त्रणसँगै जिल्लामा प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियान, लागुऔषध, साना हातहतियार, चुनाव बिथोल्ने गतिविधि नियन्त्रण अभियान चलाएको छ ।

साना हातहतियार नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्म जिल्लामा दर्ता भएका ४४ हतियारसमेत प्रहरीमा आइसकेको र अन्य आउनेक्रम जारी रहेको ढकालले जानकारी दिनुभयो ।

निर्वाचन विरोधी गतिविधि गर्ने र गुण्डागर्दी गर्ने ४० भन्दा बढीलाई पक्राउ गरी कारबाही चलाइएको प्रहरी उपरीक्षक दीपक थापाको भनाइ छ । प्रहरीले विशेष गरी विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कडा निगरानी गरिरहेको जनाएको छ ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ०३:५५ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...