back
CTIZAN AD

निर्वाचन विरोधि गतिबिधिमा संलग्न भएको भन्दै अछाममा १२ जना व्यक्ति पक्राउ

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

756 

shares

१५ मंसिर, अछाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । अनुसन्धानमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरिएका व्यक्तिका बारेमा कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन । प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “ बाह्र जनालाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौँ, अनुसन्धानपछि सबै जानकारी गराइने छ ।”

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ०४:०२ मा प्रकाशित

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

काठमाडौँ । नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

सुरुङ्गा (झापा) । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट...

झापाका दुई उद्योगमा आगलागी

झापाका दुई उद्योगमा आगलागी

सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा...

यस्तो बन्दैछ ‘पोखरा घर’

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम...