back
CTIZAN AD

स्वर्गीय मगरलाई पेरिसमा अन्तिम श्रद्धान्जली दिई नेपाल पठाइयो

वि.सं.२०७४ मंसिर १९ मंगलवार

843 

shares

pradip-ranaफ्रान्समा मृत्यु भएका प्रदीप राना मगरलाई मंगलबार श्रदान्जली सभाको आयोजना गरि अन्तिम श्रदान्जली दिइएको छ ।
स्कीन क्यान्सरबाट पीडित ललितपुरका राना मगरको उपचारकै क्रममा गत नोभेम्बर २४ का दिन अस्पतालमै मृत्यु भएको थियो ।
एनआरएनए फ्रान्स लगायत अन्य विभिन्न संघसंस्थाको बर्तमान तथा भुतपुर्व पदाधिकारीहरु तथा फ्रान्समा रहेका नेपालीहरुले राना मगरको पार्थिव शरिरमा ऋयनलबअ व्बथ १५ पेरिसको अस्पतालमा २८ नोभेम्बरका दिन अन्तिम श्रदान्जली अर्पण गरेका हुन् ।
श्रदान्जली सभामा एक मिनेट मौन धारण गरि सम्पूर्ण सहभागीले उनको तस्बिरमा फूलमाला लगाएर श्रदान्जली अर्पण गरेका थिए ।
त्यसैगरी एनआरएनए फ्रान्सका अध्यक्ष मल्लले श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए । उनले स्वर्गीय रानाको पार्थिब शरीर नेपाल पठाउनका लागि आर्थिक सहयोगको अपिल गर्नुका साथै सम्पूर्ण सहयोगी महानुभावमा मृतकको परिवार तथा संघका तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

एनआरएनए फ्रान्सले राना मगरको आफन्तजनले उनको शब नेपाल पठाइदिनु भनेर गरिएको अनुरोधलाई स्विकार्दै फ्रान्समा रहेको अन्य संघ संस्थाको सहकार्यमा प्रशासनिक एवं आर्थिक सहयोग कार्यहरु अगाडि बढाइरहेको एनआरएनए फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले संसारन्युजडटकमलाई बताएका छन् ।
एनआरएनए फ्रान्सको पहलमा फ्रान्सेली संस्थाबाट पनि आर्थिक सहयोग भएको छ र सोहि संस्थाले शबलाई नेपाल सम्म पु¥याउन सबै कागजी र प्रसाशनिक कार्यहरुमा सहयोग गर्न लागेको पनि मल्लले बताए ।
राना मगरको शब आज ( डिसेम्बर ५ मंगलबार) बिहाँन ७ः४० को पेरिसको सिडिजी विमानस्थलबाट नेपाल पठाइएको छ । उनको शब बुधबार ११ः२५ मा काठमाडौंको विमानस्थलमा आइपुग्ने जानकारी पनि अध्यक्ष मल्लले दिए ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ११:१९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...