back

लेक लागेर एकको मृत्यु

वि.सं.२०७४ मंसिर २१ बिहीवार

576 

shares
IME Limited
NTC AD

२१ मंसिर, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकको मृत्यु भएकोछ ।

दुकौशीका गाउँपापिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासङ ल्हामु गाउँपालिका–४ गोरक्सेपमा मगंलबार साँझ लेक लागेर बिरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

इन्टेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्पको लागि भरियाका रुपमा आएका राईको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:४१ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...