back
CTIZAN AD

सिमानाबाट घरेलु हतियारसहित चार पक्राउ

वि.सं.२०७४ मंसिर २१ बिहीवार

924 

shares

२१ मंसिर, बेँसीशहर, लमजुङ । लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित बुधबार चार जना पक्राउ परेका छन् ।

मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट काँग्रेस र वाम गठबन्धनको झण्डासमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

कास्कीमा बिहीबार हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा सुरक्षा जाँचमा कडाइ गरिएको हो ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:३५ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...