back
CTIZAN AD

चिसोका बाबजुद पनि उत्साहपूर्णरुपमा मतदानमा सहभागी हुँदै मतदाता

वि.सं.२०७४ मंसिर २१ बिहीवार

831 

shares
चितवनको रत्ननगरस्थित बैरिया मावि मतदान केन्द्रमा  भोट हाल्न लामबद्ध मतदाता । तस्बिरः नारायण ढुंगाना, रत्ननगर,चितवन
चितवनको रत्ननगरस्थित बैरिया मावि मतदान केन्द्रमा भोट हाल्न लामबद्ध मतदाता । तस्बिरः नारायण ढुंगाना, रत्ननगर,चितवन

२१ मंसिर, नारायण न्यौपाने, काठमाडौँ । मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।

अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

चिसो मौसमका बाबजुद पनि कतिपय मतदान केन्द्रमा मतदाता बिहान सबेरैदेखि लाइनमा बसेर उत्साहपूर्णरुपमा मतदान गर्दै हुनुहुन्छ भने मतदान निकै शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सञ्चालन भइरहेको देखिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

संविधानसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक हजार ६६३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी दुई हजार ८१९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि जम्मा पाँच हजार ८३८ जना निर्वाचनको प्रतिस्पर्धामा छन् ।

यो निर्वाचनमा एक लाख ५५ हजार कर्मचारी मतदान कार्यमा खटिएका छन् । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिन तथा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:१० मा प्रकाशित

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...