back

युएईविरुद्ध नेपाल ७ विकेटले पराजित

वि.सं.२०७४ मंसिर २१ बिहीवार

603 

shares
IME Limited
NTC AD

२१ मंसिर, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ ।

युएईको शेख जायद रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो

युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै युएईको जित सुनिश्चित बनाए ।

मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे ।

नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो ।

नेपालका शरद भेषावकरले ८१, ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्काले २०, सोमपाल कामीले २० र विनोद भण्डारीले चार रन बनाएका थिए ।

नेपालका लागि वसन्त रेग्मीले अविजित १४ रन बनाए ।

बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले एक÷एक विकेट लिएका थिए ।

आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टुमा घटुवा भइसकेकाले दुवै टोलीलाई सातौ चरणका खेल प्रतिष्ठाको लडाइ मात्र हो ।

१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:५१ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...