back
CTIZAN AD

युएईविरुद्ध नेपाल ७ विकेटले पराजित

वि.सं.२०७४ मंसिर २१ बिहीवार

969 

shares

२१ मंसिर, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ ।

युएईको शेख जायद रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो

युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै युएईको जित सुनिश्चित बनाए ।

मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे ।

नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो ।

नेपालका शरद भेषावकरले ८१, ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्काले २०, सोमपाल कामीले २० र विनोद भण्डारीले चार रन बनाएका थिए ।

नेपालका लागि वसन्त रेग्मीले अविजित १४ रन बनाए ।

बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले एक÷एक विकेट लिएका थिए ।

आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टुमा घटुवा भइसकेकाले दुवै टोलीलाई सातौ चरणका खेल प्रतिष्ठाको लडाइ मात्र हो ।

१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०३:५१ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...