back
CTIZAN AD

आयुर्वेद विकासमा भारत सरकार सहयोग गर्न तयार

वि.सं.२०७४ मंसिर २१ बिहीवार

972 

shares

२१ म्ंसिर, नयाँदिल्ली । भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालका आयुर्वेद चिकित्सकसँग बुधबार यहाँ भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नाइकेले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा काम गर्न सधैँ तयार रहेको बताउनुभयो ।

भारतमा गत १८ गतेदेखि शुरू भएको आरोग्य अन्तर्र्राष्ट्रिय सम्मेलन २०१७ मा नेपालबाट आउनुभएका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा वंशदीप शर्माखरेल, आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, सहकारी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा शंकर गौतम, आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा सुमन खनालको टोलीले मन्त्री नाइकेसँग भारतमा आयुर्वेदको उच्च शिक्षाको कोटा बढाउन आग्रह गर्नुभएको थियो ।

अहिले भारतमा नेपाली विद्यार्थीका लागि १८ सिट मात्र छुट्याइएको छ । आयुर्वेद प्रतिष्ठान, पञ्चकर्म तथा योग केन्द्रको विकास, स्तरोन्नतिका लागि पहल गर्न पनि टोलीले आग्रह गरेको थियो ।

मन्त्री नाइकेले द्विपक्षीय सहयोगका लागि सदैव सकारात्मक रहेको तथा नेपालबाट औपचारिक प्रस्ताव आए तुरून्त कार्यान्वयन गर्ने बताउनुभएको थियो ।

आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले अहिलेसम्म नेपाल सरकारको तर्फबाट औपचारिकरूपमा विकासका लागि कुनै प्रस्ताव नआएको बताउनुभयो ।

उहाँले यस्तो कुनै पनि प्रस्ताव आएमा आयुर्वेदको हरेक विधामा विकास अनुसन्धानमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

वि.सं.२०७४ मंसिर २१ बिहीवार ०४:०१ मा प्रकाशित

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने...