back
CTIZAN AD

विभिन्न सवारी दुर्घटनामा ६ को मृत्यु 

वि.सं.२०७४ पुस १ शनिवार

603 

shares

१ पुस,काठमाडौँ । शुक्रबार भएको विभिन्न ठाउँमा दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पा : पुर्वखोला गाउँपालिका–२ मैदान भन्ज्याङ स्थित भित्री कच्ची सडक खण्डमा शनिबार लु.३ त ८३७७ नम्वरको ट्याक्टर सडकबाट अंदाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा ५ जना घाइते भएकोले उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएकोमा सोही ठाउँ बस्ने ६७ बर्षीय मानबहादुर बाह्रघरेको मुत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया : बढैयाताल गाउँपालिका–७ स्थित भे.१ त ४६८६ नम्बरको ट्याक्टर शनिबार अनियन्त्रित भई पल्टन जादा ट्याक्टरमा काम गर्ने सोही ठाउँ वस्ने २५ बर्षीय अरुण थारुको च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित २ जना घाइते भएकोले उपचारको लागि नेपालगन्ज नर्सिङ होममा पठाइएको छ ।
महोत्तरी : बर्दिबास नगरपालिका–५ माईस्थान स्थित बा.३६ प २४७९ र ज.१० प ७७३२ नम्बरको मोटरसाइकल शुक्रबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै मोटरसाइकलमा सवार चालक सहित ३ जना घाइते भएकोले उपचारको लागि सिटि केयर अस्पताल लैजाने क्रममा बा.३६ प २४७९ नम्वरका चालक सिन्धुली जिल्ला तीनपाटल गाउँपालिका बस्ने २७ बर्षीय बिजय पोख्रेलको मृत्यु भएको छ ।
झापा : शिबसतासी–८ झिलझिले स्थित मे.९ प २६२९ नम्बरको मोटरसाइकलले शुक्रबार सोही ठाउँ बस्ने ६० बर्षीय बाल कृष्ण प्रधानलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर : थाहा नगरपालिका–७ देउखेल स्थित ना.४ त ९३३६ नम्बरको ट्याक्टरले शुक्रबार सोही ठाउँ बस्ने पैदल यात्री १२ बर्षीय पारस परियारलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ पठाइएकोमा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ : कानेपोखरी गाउँपालिका–४ धनपुवा चौक स्थित भित्री सडक खण्डमा को.१५ प ८५४८ नम्बरको स्कुटर शुक्रबार अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० बर्षीय बिजय लिम्बु र बेलबारी नगरपालिका–८ बस्ने ४५ बर्षीय नर बहादुर थापा घाइते भएकोले थापालाई घोपा अस्पताल धरान र बिजय लिम्बुलाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा लिम्बुको मृत्यु भएको छ ।

वि.सं.२०७४ पुस १ शनिवार ११:३३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...