back
CTIZAN AD

हसिना सिमसार क्षेत्र पर्यटकीय गन्तव्य

वि.सं.२०७४ पुस ४ मंगलवार

873 

shares

hasina shimsarपथरी, मोरङ, ४ पुस  । सुन्दरपुर–६ स्थित हसिना सिमसार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।

हसिना सिमसार क्षेत्रको पछिल्लो समय दु्रतगतिमा विकास भइरहेको छ । हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताउनुभयो ।

अध्यक्ष न्यौपानेले भन्नुभयो, “यस सिमसार क्षेत्रलाई पूर्वाञ्चलकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी काम गरिरहेका छाँै ।”

बाह्रैमहिना बगिरहने जरुवा पानीको मूल रहेको सो सिमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु, र पशुपक्षीको बासस्थान रहेको सो स्थान पर्यटकीय क्षेत्र मात्र हैन वनभोज, अध्ययन–अनुसन्धान र अवलोकन लागि समेत उत्तिकै उपयोगी छ ।

shimsar

केही वर्षयता नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागि बजेट विनियोजन गरी आकर्षक गन्तव्यका रुपमा विकास गरिरहेको छ । सो क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिल्ला समन्वय समितिको रु ३१ लाखमा कलात्मक पानी ट्यांकी, शान्तिका अग्रदूत बुद्धको जन्मदेखि मृत्युसम्मका विभिन्न अवस्था समेटिएको छ ।

यहाँ पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतिक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको स्थानीयवासी पारस पौडेल बताउनुहुन्छ ।

वि.सं.२०७४ पुस ४ मंगलवार ०९:३६ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...