back
CTIZAN AD

यस्तो छ अभिनेत्री दिपाश्री निरौलाको सुन्दरताको राज

वि.सं.२०७४ पुस ४ मंगलवार

882 

shares

deepa४ पुस, काठमाडौँ  ।  निर्देशक तथा कलाकार दिपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताउनुभएको छ  ।

काठमाडौँको एक होटलमा गत शुक्रबार आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

“पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न थाल्यो”, गत साता आयोजित उक्त कार्यक्रममा दिपाश्रीले भन्नुभयो, “शाकाहारी भएपछि त मनै चङ्गा हुने, सधैँ ताजा र जवान महसुस पो हुँदोरहेछ ।”

चर्चित चलचित्र ‘छक्कापञ्जा’की निर्देशक निरौला विगत २४ वर्षदेखि शाकाहारी हुनुहुन्छ भने उहाँ जति नै व्यस्त रहँदा पनि प्रतिदिन निश्चित समय ध्यान गर्ने गर्नुहुन्छ । कार्यक्रम नेपाल शाकाहारी संघले आयोजना गरेको हो । संघ ध्यान र शाकाहार प्रवद्र्धन गर्ने संस्था हो ।

“हामीले यस्ता कार्यक्रम बेला–बेला गर्ने गरेका छौँ । स्वस्थ जीवन जिउन प्रेरित गर्ने यस्ता कार्यक्रम मात्रै होइन, हाइकिङ र सरसफाइका कार्यक्रम पनि गर्छौं”, शाकाहारी संघका उपाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।

वि.सं.२०७४ पुस ४ मंगलवार १२:१६ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...