back

एनसेल फोरजी मेला भोलि देखि देशका विभिन्न ४ सहरमा हुदैँ

वि.सं.२०७४ पुस ७ शुक्रवार

135 

shares
NTC AD
Global IME AD

ncell

७ पुस, काठमाडौँ । मनोरञ्जनले भरिपूर्ण फोरजी केन्द्रित मेला पुष ८ गतेबाट सुरु एनसेल प्रा. लि.ले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ ।

आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो । यी चारै शहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको छ । आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र आगन्तुक तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिहरुबाट भरपुर आनन्द लिन सक्नेछन् ।

विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला यही पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरिने छ । यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यी प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझ ६.३० सम्म चल्ने छ । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समुहहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ । मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् । आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्नेछन् ।

दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिनेछन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । “हामी सन् २०१७ को बिदाई नजिक छौ । यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागत गर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले भने । “हामीलाई आशा छ सबै जना आ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागि भई रमाईलो गर्नु हुनेछ । मेलामा चर्चित कलाकारहरुको प्रस्तुति बाहेक अन्य थुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामा आउन नसक्नेहरुले पनि हाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’ मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा लिएका छौ । ” गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका १० स्टलहरु पनि रहनेछन् । एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१०६ मा डायल पनि गर्न सक्छन् ।

वि.सं.२०७४ पुस ७ शुक्रवार १०:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...