back
CTIZAN AD

पचास लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

वि.सं.२०७४ पुस १२ बुधवार

984 

shares

tourist

१२ पुस, काठमाडौँ । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ ।

नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेका छन् ।

नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ संस्थाले अन्य पर्यटकीय संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताउनुभयो ।

निर्वाचनको निर्णयसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीले दौडधुप शुरु गरेका छन् । नेतृत्वका लागि थुपै्र आकांक्षी भए तापनि अध्यक्षका लागि वाम गठबन्धनकोतर्फबाट सम्राट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक सिएन पाण्डे र स्वतन्त्र व्यवसायीबाट सि एण्ड स्काई टुर्सका प्रबन्ध निर्देशक अच्युत गुरागाईंको नाम चर्चामा छ । उनीहरुले भिन्न गठबन्धन बनाई छलफल चलाइरहेका छन् ।

वि.सं.२०७४ पुस १२ बुधवार १३:३२ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...