Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

यसरी तुहिदै छ नेपाली भाषी भूटानीहरूको कलिलो पत्रकारिताको माहोल 



purana-ghareसन २००४ सालमा प्रवासमा आवासिय पत्रकारिताको अभ्यास गर्दै गरेका केही सितिमिति संस्था र ती संस्थानहरूमा काम गर्दै गरेका केही जागरूक युवा पत्रकारहरूको सामुहिक पहलबाट सञ्चालनमा ल्याइएको भूटान समाचार सेवा एक्कासी बन्द हुने कुरा बजारमा होहल्लाका रूपमा सुनिएको केही महिना भएको छ । गत हप्तामात्र साइटमा घुमाउरो पारामा अब साइट प्रकाशन नहुने गरी निर्माणाधिन रहेको जानकारी प्रकाशन भएको छ । उक्त जानकारीले भूटान समाचार सेवाको निरन्तरताका पक्षमा वकालत गर्ने पक्ष ज्यादै निरास भएको देखिन्छ ।

अमेरिकामा सञ्चालनमा रहेका कुनै पनि नेपाली वृत्तका साइटहरूले भूटान समाचार सेवाको जति फराकिलो माहोलको पृष्टभूमि तयार पारेका छैन । पैसामुखी साइट खोल्ने वित्तिकै अश्लिल चित्र र भिडियोका थाकीहरू हेर्नु पर्ने बाध्यता हामी सबैले भोगेका छौं । अङ्ग्रेजी र नेपाली भाषामा समानन्तर प्रकाशन हुने क्षमता अन्य कुनै पनि साइटासँग देखिदैन त्यस कारण पनि यस साइटको महत्व अझ फराकिलो हुने देखिन्छ ।

साइटमा भनिएको छ कि स्वयम सेवा गर्दा गर्दा हामी दिक्क भयौं र नयाँ पुस्तामा पत्रकारितामा खास चासो पनि नभएका कारण पत्रकारहरूको अभावले गर्दा नै साइट बन्द हुन लागेको हो । यस विज्ञप्तिको भाषाले साइटभित्र केही मानिसहरूको हालीमुहाली रहेको पुष्टी हुन्छ । यतिको इमान, गरिमा, र सार्थकता हासिल गरेको साइटलार्इ केही मानिसहरूको समय अभावका कारण बन्द गरिने योजना बनाउनु कति उचित होला त ? अर्कातिर अमेरिका र डायसपोरामा दर्जनौं विद्यार्थीहरू पत्रकारिता र आमसञ्चार पढिरहको अवस्थामा नयाँ पुस्ताप्रति साइटको कार्यकारी नेतृत्वले खुल्लेआम प्रकट गरेको यस किसिमको नकारात्मक निरप्रेक्षतालार्इ युवापुस्ताले कसरी लिने हो त्यो भने समयले देखाउने नै छ ।

गुमनाममा काम गर्ने र गुपचापमा अस्तित्व लोप हुने धेरै किसिमका सञ्जालहरू भूटानी डायसपोरामा देखिने गरेका पाइन्छन् । पुनरबास पछि विवादमा मुछिएको भए पनि त्यस पूर्व भने भूटान समाचार सेवाले निकै अवस्मरणीय काम गरेको सदर्भहरू भने भुल्न लायक छैनन् नै । अहिले विभिन्न ठाउँमा विभिन्न क्षमताका साइट र प्रकाशनहरू डायसपोरामा देखिएका भए पनि भूटान समाचार सेवामा अभिलिखित रहेका जानकारीहरू सम्बन्धित विषयका खोज अनुसन्धान कर्ताहरूलार्इ निकै महत्वपूर्ण हुने निश्चित छ । साइट जबरजस्त बन्दा गरिए पनि ती सामाग्रीहरूको व्यवस्थापनमा निश्पक्षता सहितको सामेर्थ्य भएको संस्थान समलग्न हुनुपर्ने टड्कारो अपरिहार्यता जगजाहेर भएको छ ।

सन २००४ अर्थात स्थापनाकालदेखि नै भूटान समाचार सेवाले प्रतिनिधित्व र वकालतका दोहोरो कार्यक्षेत्रलार्इ समानन्तर सूचना र जानकारी बाँड्नुको अलवा देशविदेशमा भूटानभित्रका अवस्था र शरणार्थीहरूका सरोकारहरूलार्इ वकालत गर्ने महत्वपूर्ण र ऐतिहासिक काम सम्पादन गर्न सकेको तथ्य दुनियाँले भुल्ने छैन । शरणार्थी शिविरमा भएका नेपाली भाषी भूटानीहरूलार्इ सुचना नियमति धाराप्रबाह दिने र देश विदेशमा रहेका विभिन्न सरोकारवालाहरूलार्इ भूटान र यहाँका विभिन्न देशमा छरिएका नागरिकहरूको अवस्था अध्ययन गर्ने सन्दर्भ सामाग्रीका रूपमा निकै लोकप्रिय रहेको यस साइटको अन्त्य यति चाँडै होला भनेर कल्पना पनि गर्न सकिन्न ।

विगत पाँच महिना यता एउटा पनि समाचार वा विचार प्रकाशन गर्न नसकेको तर सन २००४ मा प्रबासका अन्तयन्तै दुखदायी मोडमा तत्कालिन केही पत्रकारिताका विद्यार्थी युवाहरूले स्थापना गरेको भूटान समाचार सेवा अहिले अस्तित्वको आइसियुमा हालेर त्यसका वर्तमान हालिमुहाली कर्ताहरू नै भ्यान्टिलेसन पाइप थुतेर मृत घोषणा गर्न आइतबार कुरिरहेका छन् भन्ने उनीहरूको आन्तरिक समुहमा चलेका खैलाबैलाहरूले मिस्रित प्रतिक्रिया हासिल गरेको जानकारहरू बताउँछन् ।

कार्यकारी निर्देशकले साइट र यसको प्रादुर्भावलार्इ मनमोजी हालिमुहाली गरेका कारण सञ्चालक समितिका सम्पूर्ण कारन्दारहरूले एक पछि अर्को गर्दै राजिनामा दिएका हुन भन्ने आरोपहरू बजारमा छन् । अर्कातिर अनुचित व्यवस्थापनका कारण साइटमा धर्मसङ्कट आएका कुराहरूलार्इ छोपछाप पारेर सर्कुलर टाँसेर निर्माणाधिन रहेको भनिए पनि अब साइट आइसियुबाट बाहिर आउँदा लासमात्र आउने छ २०१८ मा, सञ्चालक समितिका एक सदस्यले नाम नखुलाउने सर्तमा बताएका छन् । उनले अगाडि थपेका छन्, “निर्देशक समिति सुन्य भइसकेको छ, अब भ्यान्टेलेटरको पाइप साइटका कार्यकारी निर्देशक समेत रहेका पत्रकार टिपि मिश्रले थुत्नु भए पछि भूटान समाचार सेवा सदाका निम्ति परलोक गमन भएको घोषणा प्रधान सम्पादकले गर्नु हुने छ ।“ यदि यस्तो भयो भने यो सारै दुखद हुने छ ।

२००९देखि २०११ मा सार्वजनिक सङ्ठन घोषणा गरेर विभिन्न व्यक्तिहरूसँग आर्थिक सहायता मागेर सामाजिक संस्थानका रूपमा सार्वजनिकिकरण गरिएको यस साइटलार्इ हालिमुहाली कर्ताहरूले सट्याकसुटुक्क मार्छन् या त सहयोगीहरूलार्इ साइटलार्इ बन्द गर्ने वा त नयाँ संयत्र बनाएर निरन्तर सञ्चालनमा ल्याउने तयारी गर्छन् त्यो भने हेर्न बाँकी नै छ । कार्यकारी समितिको मानोमानीमा पुगेको साइट अब बाँच्ने भन्ने झिनो आसा पनि नरहेको जानकारहरू बताउँछन् । सामाजिक मर्यादा हासिल भएको उक्त साइटलार्इ विभिन्न बाहानाबाजी गरेर निर्देशक समिति पाखा लगाएर मनोमानो बन्द गर्ने कार्यकारी निर्देशकको प्रपञ्च हो भने यो कति उचित होला त ?

अहिले साइटमा रहका हजारौं लेखहरू जो भूटानी डायसपोराको सार्वजनिक सम्पति हो । साइट बन्द गर्दै गर्दा यी सामाग्रीहरूको उपोगिता, महत्व, र अस्तित्व कतै गोरू मोलाइमा पर्ने त होइनन् ? भूटान मिडिया सोसाइटीको गुमनामभित्र भूटान समाचार सेवालार्इ मुस्ने दुश्प्रयास गरिएमा त्यो अर्को दुर्घटना हुने छ । भूटान समाचार सेवाले अख्तियार गरेको संयन्त्र मानिसहरूलार्इ आवश्यक अवश्य थियो तर यो साइट नै बन्द गर्ने निर्णय कति उचित होला त ? हामीले आफैं बनाएका हौं र हामीलार्इ हाम्रो नासो मार्ने अधिकार छ भनेर कार्यकारी निर्देकले यो साइट बन्द गरे भने यो उनको सामाजिक चरित्रकै रूपमा रहने छ । उनी प्रधान सम्पादक रहेको द भूटान रिपोर्टरलार्इ पत्रकार मिश्रले यहि हविगतमा लगेर बन्द गराएका थिए भूटानी डायसपोराले भुलेको छैन ।

भूटान समाचार सेवा मरेपछि हामीलार्इ धेरै ठूलो खाडल त नहोला तर नेपाली भाषी भूटानीहरूको प्रवासको साहित्य र पत्रकारितामा भित्रभित्रै झाँगिएर हुर्किएको एउटा गुटबन्दी र हुलहुज्जाको अन्त्य भने अवश्य हुने छ । साहित्य परिषद भूटान मर्छ या त भूटान समाचार सेवा मर्छ भन्नेमा धेरै जानकारहरूले आनाकानी नगरी बताउने गरेका थिए । साहित्य परिषद भूटान र भूटान समाचार सेवा व्यवस्थापन गरिरहेका कारन्दारहरू प्राय तिनै नामहरू दोहोरिएका कारण सामुहिक हुलहुज्जा र गुटबन्दी फैलिएको सर्वविधितै छ । त्यसो त भूटान समाचार सेवा मरेपछि साहित्य परिषद भूटान बनमाराझैं झाँगिने कुरामा दुर्इ मत छैन । पत्रकारिताका क्षेत्रमा दुखद भने पनि साहित्यका क्षेत्रमा भने भूटान समाचार सेवा बन्द हुनु सकारात्मक मान्न सकिन्छ भन्नेहरू पनि उत्तिकै छन् ।

भूटान समाचार सेवा बन्द भए पछि यस साइटक जन्म दाता समेत रहेका अर्थविद तथा पत्रकार इन्द्र अधिकारीले अष्ट्रेलियाबाट एकल रूपमा सञ्चालन गरिरहेको भूटान न्युस नेटवर्कले पाठकीय सुविधामा लैनो गार्इ भित्र्याउने छ भने अमेरिकाबाट सञ्चालनमा आएको ग्लोबल भूटिनिज मिडियाले पाठकीय प्राथमिकताको घरमा माथिल्लो तलो थप्ने देखिन्छ ।

यसै बिचमा भूटान समाचार सेवाको कार्यकारी समितिको हालिमुहालीबाट चिढ्याइएकाहरु जागरूक पत्रकारहरूको समुहले अर्को साइट जन्माउने सम्भावना पनि उत्तिकै देखिएको छ । भूटानीहरू मध्येबाट पनि दर्जनौ विद्यार्थीहरू अहिले अमेरिका र डायसपोरामा आम सञ्चार र पत्रकारिता पढिरहेका छन् भन्ने कुराहरू पनि विभिन्न वृत्तमा छलफल भइरहेका सुनिन्छन् । त्यसो त बिकराल अवस्थामा खोलेर अहिलेसम्म सञ्चालनमा ल्याइएको साइट बन्द गर्नु भनेको मातहातमा मिडिया राखेर हालिमुहाली गर्नेहरूको अन्त्यमात्र हो भनेर बुज्नु हुँदैन नै । यही सन्दर्भमा इतिहास र स्वभिमान भएको साइट बन्दा गर्ने प्रपन्चलार्इ भने सकारात्मक मान्न सकिने अबस्था छैन । त्यस कारण पनि भूटान समाचार सेवाको निरन्तरता निर्विकल्प छ ।

भूटान समाचार सेवाले वर्तमान दुखद तथा मरणासन्न बाँचिरहेको भए पनि कुनै बेला भूटानी डायसपोरालार्इ शुसुचित गर्ने देखि लिएर पत्रकारिता र आम सञ्चाका महत्व र आवश्यकता बकालतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भूटानी डायसपोराले नभुलेको छ नभुल्ने नै छ ।

यतिका वर्षसम्म गुटबन्दी र सामुहिक हर्कतबाजीको आरोप जेलेर भए पनि, त्यहाँका प्रमुख पत्रकारहरूको पहुच र वर्चश्व हावी भएको भए पनि, र निश्पक्ष पत्रकारिका नाममा लामा लाम राँटा छाडिएको भए पनि भूटान समाचार सेवाले एउटा डायसपोरा स्तरको नेक्सास भने अवश्य तयार गरेको छ । प्रवासको आवासिय पत्रकारिताबाट अभाव, भोकमारी, अशिक्षा तथा अस्वृकितका लाभाहरूका कारण अस्तित्व सङ्कट धानेर व्यवसायिकतामा रूपान्तरण हुँदै गर्दा भूटान समाचार सेवा बन्द हुने घोषणा लेख्ने हिटलरी मगजहरूले एक पटक घोरिएर सोच्नै पर्छ कि के यो उचित काम त भइरहेको छ ? जो आफ्नै नासो मार्छन भने ती अपराधी घोषित हुनु पर्दैन तर दण्डित हुनै पर्छ ।

प्रवासको आवासिय पत्रकारिता, विश्वव्रमाण्डको खुल्ला पत्रकारिता, र तेस्रो देश पुनबास पछिको व्यवसायिक पत्रकारिताको व्यवहारिक जान हासिल गरेर माहोलमा सकारात्मक हौसिएको युवा पुस्ता भने भूटान समाचार मरोस भन्ने चाहदैन बरू यसका केही हालिमुहाली कर्ताहरू पाखा लागुन भन्ने चाहन्छन् । कार्यकारी वृत्तमा यही सवाल नपचेपछि साइट नै मार्ने भन्ने कुराकानी र यस अन्तर्गतका अड्कलबाजीहरू चलिरहेका हुन सक्छन् जुन घातक र मर्महिन हुनेछन्। यो पिढी भनिरहेको छ ।

भूटान समाचार सेवाललार्इ निश्पक्ष बनाएर, व्यवसायिकताका उच्चतम मूल्य र मान्यताहरूलार्इ अवलम्बन गरेर, विश्वव्यापि माहोलको पाठीयकतालार्इ उचित खुराक दिने योजनासहित यस साइटलार्इ नेपाली, अङ्ग्रेजी, जोङ्खा, र हिन्दी भाषामा समेत व्यापिकृत, विस्तार, र स्तरोन्नती गरेर डायसपोराव्यापी सञ्चालनमा ल्याउनु पर्छ दावी गर्ने पक्ष एकातिर निश्तेज बनेको छ । अर्कातिर हालिमुहालीको आरोपित पक्ष भने साइटलार्इ अरू कसैको स्वामित्वमा हुर्किन दिनु भन्दा भेन्टिलेटरमा हालेर पाइप थुतिदिन तयार देखिन्छ । यसो हुनु भनेको पनि पत्रकारिताधर्मिताको ब्रमलुटको पाराकाष्टामात्र हो ।

व्यसायिक शिक्षा अनुरूपको व्यवहारिक क्षमता र त्यो भन्दामाथिको महत्वकाँक्षा भएका कारीकारी निर्देशक समेत रहेका पत्रकार टिपि मिश्रले साइटको प्रधान सम्पादकको कुर्सी ताकेका कुराहरू पनि बजारमा छदै छन् । अर्कातिर विचारमा सघन परिपक्वता, नेतृत्वमा परञ्जय, तथा लेखनमा छैटौं ज्ञानेन्द्रिय उद्योलन गर्न सक्ने क्षमताका धनी विद्वान पत्रकार बुद्धमणि ढकाललार्इ विदा दिएर तरल वौदिकताका उज्याला तथा चम्किलो ताराका रूपमा विगत एक दशकदेखि विभिन्न महत्वकाँक्षा र चर्चा बटुलेका पत्रकार मिश्रलार्इ उक्त जिमेवारी दिन कुनै पक्ष पनि तयार नरहेका कारण भूटान समाचार सेवाले यो परिणति भोग्नु परेको त होइन ?

सञ्चालक समितिका सबै सदस्यहरूले एक्कासी राजिनामा दिनु कुनै पनि गैरमुनाफा मुलक संस्थाका निम्ति उचित हुन्न । सञ्चालक समितिले सुचना र सञ्चारको हुर्किसकेको यस माहोललार्इ यसरी निरप्रेक्ष भएर माया मार्नुका पछाडि के के कारण हुन सक्छन् ? सञ्चालक समितिका यतिका विघ्न राजिनामाको ठाउँमा कार्यकारी निर्देशको एउटा राजिनामा आएको भए साइटका तर्फबाट भूटानी डायसपोरालार्इ सकारात्मक सन्देश दिन सकिन्थ्यो कि ?

लेखकः प्रवासको नेपाली भाषी भूटानी पत्रकारिताका एक अगुवा हुन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अबैधरुपमा लुकाएर डलर, युरो र पाउण्ड विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा

काठमाडौं । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार