back
CTIZAN AD

मलाई रहर छ

वि.सं.२०७४ पुस १३ बिहीवार

1.4K 

shares

chandat

मलाई भारतको मेट्रो चढ्ने रहर होइन
नत चाइनाको विकास हेर्ने रहर नै छ
मलाई त केवल मेरो देश
समृद्ध भएको हेर्ने रहर छ

मलाइ, विदेशका नेताको सिको गर्ने रहर छैन
नत उनीहरुको विचार नै
हुवहु लागु गर्ने रहर नै छ
मलाई त केवल यहि माटोले जन्माएको
यहि माटोले बनाएको जनप्रिय
नेताको विचार नक्कल गर्ने रहर छ

मलाई, युरोप जस्तै मेरो देश,
बनोस् भन्ने रहर छैन
नत अमेरिकाको जस्तो
सुख सयलको नै आस रहेको छ
मलाई त केवल
यहि माटोलाई नै रंग्याउने रहर छ
नेपाली माटोको सुवास
संसारभर चलोस् भन्ने रहर छ

मलाई विदेशबाट आयातितमा रमाउने रहर छैन
नत ती, आयातितहरुमा गर्व गर्ने नै रहर छ
मलाई त केवल यहि माटोमा उव्जिएको खाएर
यहि माटोमा उत्पादन भएको लगाएर
विश्वसामु छाति फुलाएर हिड्ने रहर छ

मलाई नेपाली पसिना र रगत निर्यात गर्ने रहर होइन्
रगत र पसिना यहि माटोमा सिँच्ने रहर छ
मलाई रेमिट्यान्समा रमाउने रहर होइन्
देशमै आर्थिक समृद्धिको लहर ल्याएर
विदेशबाट आउने रेमिट्यान्स बन्द गर्ने रहर छ

मलाई नेपाली सपना विदेशमा
हराएको देख्न र सुन्न पटक्कै मन छैन
मलाई त जीवनको अन्तिम क्षणमा
जन्मभूमिको काखमा टाउको राखेर मर्ने रहर छ
मलाई मेरो देश समृद्ध भएको हेरेर मर्ने रहर छ ।।।

वि.सं.२०७४ पुस १३ बिहीवार ०३:१५ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...