back
CTIZAN AD

हराएको मनि व्याग पाएपछि थापा दंग

वि.सं.२०७४ पुस १३ बिहीवार

1K 

shares

wallet

१३ पुस, पोखरा । ‘हराएको मनिब्याग यसरी कसैले बोलाएरै देलाजस्तो मलाई लागेको थिएन’– स्याङ्जाको चापाकोट नगरपालिका साँखरका हरि थापाले भन्नुभयो ।

थापाले गत मंसिर १८ गते नेपाली एवं विदेशी गरी लगभग रु १० हजार नगदसहित सक्कल नागरिकता, सवारी चालक अनुमतिपत्रसहितका महत्वपूर्ण कागजात भएको मनिब्याग हराउनुभएको थियो ।

थापाको हराएको मनिब्याग पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीको बागमारा स्थायी बसोबास भई हाल दुग्ध विकास संस्थान, पोखरा बिक्री केन्द्रका प्रमुख हरिराम पौडेलले फेला पारेपछि बुधबार कार्यालयमा नै बोलाएर फिर्ता गर्नुभएको छ ।

कास्कीको भरतपोखरी र निर्मलपोेखरीको सिमानामा पर्ने द्वार गौँडामा थापाको मनिब्याग फेला परेपनि ब्यागभित्र उहाँको सम्पर्क नम्बर फेला पार्न नसक्दा भने आफूलाई कसरी सम्बन्धित व्यक्तिलाई बुझाउन सकिएला भन्ने कुराले लामो समय चिन्तित बनाएको पौडेलले बताउनुभयो ।

‘फेला परेको ब्याग कसरी सम्बन्धित व्यक्तिलाई चाँडो बुझाउँ भन्ने लागेको थियो’– उहाँले भन्नुभयो, “थापाको मोबाइल नम्बर खुल्ने कुनै कागजात मनिब्यागमा नभेटिए पनि त्यहाँ रहेको हिमालयन बैंकको एटिएम कार्ड नम्बरमार्फत बैंकबाट मोबाइल नम्बर लिएर उहाँलाई खबर गरेको हुँ ।’

फेला पारेको ब्याग सम्बन्धित व्यक्तिलाई बुझाउन पाउँदा आफूलाई निकै हर्षित बनाएको पौडेलले बताउनुभयो ।

थापालाई भने आफूले आश नै मारिसकेको सामान यसरी फिर्ता पाइन्छ भन्ने कत्ति पनि लागेको थिएन । “हराएको सामान भाग्य भए फिर्ता पाइन्छ त भन्थे”– थापाले भन्नुभयो, “सामान हराए पनि इमान्दार मानिसको हातमा परे पाइन्छ भन्ने कुरा आज प्रत्यक्षरुपमा चरितार्थ भएको छ ।”

प्रत्येक व्यक्तिको सामानको आआफ्नै महत्व हुने भएकाले हराएको सामान पाउने जो–कोहीले इमान्दारिताका साथ फिर्ता गर्ने बानीको विकास गर्नुपर्नेमा थापाको जोड छ । रासस

वि.सं.२०७४ पुस १३ बिहीवार ०२:५६ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...