back
CTIZAN AD

अंकिताको हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ

वि.सं.२०७४ पुस १३ बिहीवार

1.1K 

shares

१३ पुस, लहान । एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिनुभयो ।

मिर्चैया बजारकी अंकिताको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पाइएपछि साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राउतले बताउनुभयो ।

अंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले अंकिताको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक राउतले बताउनुभयो ।

साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । अंकिताको हत्याका क्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ ।

गत मंसिर २१ गते साँझ साहसँगै लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजमा बसेकी अंकिताको मंसिर २२ गते बिहान हत्या भएको अवस्थामा शव फेला परेको थियो भने अंकिताको नवजात शिशु घटनास्थलमै रोइरहेको थियो ।

प्रहरीका अनुसार लहानस्थित साहको जयराम सुनचाँदी पसलमा अंकिता गहना खरिद गर्न गएकी थिइन् । त्यसपछि साहले अंकितालाई दिएको भिजिटिङ कार्डमा रहेको नम्बर मोबाइलमा सेभ गरेपछि सामाजिक सञ्जालमार्फत उनीहरु साथी बनेका थिए ।

प्रहरीले नवजात शिशुलाई भने अंकिताको श्रीमान् श्रीप्रसाद यादवको जिम्मा लगाएको छ ।

वि.सं.२०७४ पुस १३ बिहीवार ०२:४६ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...