back
CTIZAN AD

‘एक दलित बस्ती एक सहकारी’

वि.सं.२०७४ पुस १४ शुक्रवार

981 

shares

१४ पुस, काठमाडौँ : संविधानबमोजिम राजनीतिक दलका हरेक तहका संरचनामा दलितको समानुपातिक प्रतिनिधित्व र नेतृत्वको सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

दुई दिनसम्म चलेको ‘दलित संसद्’ सम्मेलनले पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै राजनीतिक दलका सबै तहका नेता तथा कार्यकर्ताका लागि जातीय छुवाछूत तथा भेदभावविरूद्ध आचारसंहिताको निर्माण गरी प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ । सम्मेलनले ‘एक दलित बस्ती एक सहकारी’ र ‘एक दलित परिवार एक रोजगारी’को कार्यक्रम लागू गर्नसमेत माग गरेको नेटवर्कका अध्यक्ष गणेश विकेले जानकारी दिनुभयो ।

राष्ट्रिय दलित नेटवर्क नेपाल, जागरण मिडिया सेन्टर, समता फाउण्डेशन लगायत संघसंस्थाद्वारा आयोजित सम्मेलनले संविधानले सुनिश्चित गरेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक सिद्धान्तको कार्यान्वयनसँगै स्थिर सरकार हुनुपर्नेमा जोड दिएको छ । “हलिया आन्दोलन र सरकारबीच भएका सम्झौता तथा मुक्त हलिया समस्या समाधान गर्न गठित कार्यदलको सिफारिशको अक्षरशः कार्यान्वयन गर्दै मुक्त हलियाको समयसीमाबद्ध रूपमा पुनःस्थापनाको सुनिश्चितताका लागि उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गर्न जोडदार माग गर्दछौँ”, घोषणापत्रमा भनिएको छ ।

सञ्चारमाध्यममा समावेशिताको माग 
सरकारी तथा निजी सञ्चारमाध्यम दलित, महिला, मधेशी र उत्पीडित समुदायसहितको समावेशी हुनुपर्ने माग गरिएको छ । जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘मिडियामा दलितः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा पत्रकार एवं सञ्चारकर्मीले सञ्चारमाध्यममा दलित समुदायको समान सहभागिताका लागि नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले दलितको सवालमा दलित पत्रकारले मात्रै लेख्ने भन्दा पनि गैरदलित पत्रकारलाई लेख्नका लागि प्रोत्साहन गर्नुपर्ने तथा गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।

जागरणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले नेपालमा रहेका ठूला मिडियालाई सहभागिता र विषयवस्तुको हिसाबले पूर्ण समावेशी बनाउन महासंघले अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले दलित समुदायका पत्रकारलाई मिडियामा टिकिराख्न सरोकार भएका संघसंस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

वि.सं.२०७४ पुस १४ शुक्रवार १३:२४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...