back
CTIZAN AD

यस्तो पो हो इमान्दारीता, घर बनाउने आवश्यकता नभएका दुई लाभग्राहीले अनुदान फिर्ता गरे

वि.सं.२०७४ पुस १४ शुक्रवार

729 

shares

१४ पुस, काठमाडौँ   : निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम भएका तर घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले पहिलो किस्ताबापत लिएको रु ५० हजार फिर्ता गरेका छन् ।

मकवानपुरका दुई जनालाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पहिलो किस्ताको रकम सरकारी खातामै फिर्ता गर्ने लाभग्राहीमा इन्द्रसरोबर गाउँपालिका–२ का रामशरण भुलुन र हेटौँडा नगरपालिका–८ का तुलाबहादुर लामा हुनुहुन्छ ।

लाभग्राही सूचीमा नाम समावेश गरी पहिलो किस्ता लिएपनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन आग्रह गर्नु भएको हो । पुस १३ गते बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकामा धन्यवाद दिँदै दुवैको नाम लाभग्राही सूचीबाट हटाउन निर्णय गरेको छ । कार्यकारी समितिले विगतमा आवश्यक नपर्दा पनि लाभग्राही सूचीमा नाम राखेका व्यक्तिलाई रकम फिर्ता गर्न अनुरोध पनि गरेको छ ।

लाभग्राही सूचीमा परेपनि घर आवश्यक नपर्ने लाभग्राहीले सरकारको १५०१२ राजश्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । घर आवश्यक नपर्ने लाभग्राहीले यसरी नाम हटाई रकम फिर्ता गरे वास्तविक भूकम्पपीडितलाई राहत पुग्ने उहाँको विश्वास छ ।

प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिले लाभग्राही सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।

वि.सं.२०७४ पुस १४ शुक्रवार १३:२६ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...