back
CTIZAN AD

दुर्घटनामा तीनको मृत्यु

वि.सं.२०७४ पुस १५ शनिवार

693 

shares

१५ पुस, झापा । सवारी दुर्घटनामा परेर शुक्रबार झापा र कलैयामा तीन जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका र गौरादहमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

कमल गाउँपालिका–५ का हेमराज कार्कीको घरको सेफ्टी टयाङ्की बनाउने क्रममा इँटाले लागेर गम्भीर घाइते भएका भारतीय मजदूर राजानन्द सरदारको उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मुत्यु भएको इप्रकाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

त्यस्तै अपराह्न पाडाजुँगी–गौरादह सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट नगरपालिका–१ का २८ वर्षीय भानु थापाको मृत्यु भएको छ । मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे १ त ४५०१ नंको ट्रयाक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कलैया उपमहानगरपालिका– १० मटिअर्वास्थित नेपाल राष्ट्रिय मावि अगाडि जीप चलाउन सिक्ने क्रममा स्थानीयवासी दिनेश साहले चलाएको जीपले ठक्कर दिँदा स्थानीयवासी सुरज साहको घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने जीप र जीपका चालक कलैया नगरपालिका–६ का मोहन गुप्तालाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता भुनेश्वर साहले बताए ।

वि.सं.२०७४ पुस १५ शनिवार ०३:२४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...