back
CTIZAN AD

मलेसियामा विभिन्न क्षेत्रमा योगदान पुर्याएका १४ व्यक्तित्वलाई सम्मान गरिने

वि.सं.२०७४ पुस १५ शनिवार

1K 

shares

samman

क्वालालाम्पुर, मलेसिया । नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले एक विशेष अवार्ड कार्यक्रमको आयोजना गर्न भएको छ ।
संघले ३१ डिसेम्बर आइतबारका दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा विभिन्न विद्यामा मनोनितमा परेका १४ जना ब्यक्तित्वहरुलाइ सम्मानित गर्ने भएको हो ।
बिगत दुई बर्षदेखि आयोजना गर्दै आएका कराते संघले यो वर्ष पनि २०१७ भरी ज–जसले प्रवासमा श्रम गरेर पनि बचेको समयमा खेलकुद क्षेत्रमा योगदान पु¥याई देशलाइ चिनाउने काम गरेर अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुका साथै एकजना कुशल पत्रकार, साहित्यकार, एकजना हास्यकलाकार, अनि रातदिन नभनी, समयको प्रभाव नगरी मलेशियामा बसेर समस्यामा परेका नेपाली श्रमिकहरुलाई सहयोग गर्न तत्पर रहने समाजसेवामा सक्रिय रुपमा लागी रहेका दुइजना समाजसेवी तथा गायनतर्फ दुईजनालाइ गरि जम्मा १४ जना ब्यक्तित्वहरुलाई अवार्ड प्रदान तथा सम्मान गर्न लागेको नेपाली प्रवासी सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाले जानकारी दिएका छन् ।
अध्यक्ष कोईरालाका अनुसार यो अवार्ड कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य मलेसियामा श्रम गरेर बचेको समयमा यहाँ समस्यामा परेका श्रमिकको हक हितको लागि थप काम गनु, श्रमिकको हकहितमा कलम चलाउनुका साथै प्रवासमा रहँदा काम र थकाइका बाबजुत पनि साहित्य, लेख, रचना, गायन तथा खेलकुदको क्षेत्रमा पनि नेपालको तर्फबाट यहाँ विभिन्न प्रतियोगितामा प्रतिनिधित्व गरि जितेर देशको नाम अगाडि बढाएकोमा र अझ देशको निम्ति केही योगदान गर्नेहरुलाई थप साहस र हौसला प्राप्त होस् भन्ने हेतुले तेस्रोपटक यो अवार्ड दिन लागिएको बताए ।

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया प्रमुख आयोजक रहेको यस अवार्ड कार्यक्रमको प्रायोजकमा हिमालय फुटबल क्लब , मण्डला रेष्टुरेन्ट , उग्रतारा रेष्टुरेन्ट, एभरेष्ट रेष्टुरेन्ट, पङेनी हुनम रिसोर्ट, हिमालयन एयरलाइन्स,परदेशी रेस्टुरेन्ट, नेटफार ग्लोबल, लाङघाली मुबाइल पसल, थापा ईन्टरप्राइज लगायतको रहेका छ्न भने मिडिया पार्टनरमा नयाँ अनलाइन ,मुग्लान डटकम, हमार सनेश ड्टकम रहेका छन् ।

वि.सं.२०७४ पुस १५ शनिवार ०४:०० मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...