back
CTIZAN AD

बाटो निर्माण विवाद हुँदा वडाध्यक्ष घाइते

वि.सं.२०७४ पुस १६ आइतवार

774 

shares

१६ पुस, जाजरकोट । सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उहाँका छोरा महेन्द्र शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएका थिए ।

स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए ।

एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरामाथि दीपेन्द्र शाहीको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

भेरी नगरपालिकाबाट रु २८ लाखमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि अहिले नेपालगञ्ज लैजाँदै गरेको र आक्रमणकारी समूह फरार भएको प्रहरीले बताएको छ ।

वि.सं.२०७४ पुस १६ आइतवार ०३:१७ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...