back

चितवन समाज इजरायलद्वारा गुरुङलाई आर्थिक सहयोग

वि.सं.२०७४ पुस १७ सोमवार

351 

shares
RBB AD
NTC AD

h1चितवन जिल्लामा रहेका दुःखी पीडित हरुलाई मल्हम लागाउने उद्धेश्यले इजरायलमा रहेका चितवनवासी द्वारा स्थापित चितवन समाज इजरायलले क्यान्सर रोगले पीडित आस बहादुर गुरुङलाई आर्थिक सहयोग रगेको छ ।

भरतपुर नगरपालिका २३ का क्यान्सर रोगले पीडित गुरुङलाई रु १ लाख ४५ हजार रकम डिसेम्बर ३१ का दिन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ती प्रसाद अधिकारीले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

h2
चितवन समाज इजरायलकी सस्थापक तथा आजिबन सदस्य समाजसेवी कमला ढकाल तथा चितवन समाज इजरायलको पहलमा संकलित सो रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भरतपुर नगरपालिका वडा नम्बर २३ का बडा अध्यक्ष नरि नारायण पौडेल रहेका थिए भने अतिथिहरुमा वडा सदस्य जित बहादुर बस्नेत, रेडक्रस सोसाइटी उपशाखा जगतपुरका अध्यक्ष पदम प्रसाद भुसाल, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।

h3
सो अवसरमा बिरामी आश बहादुर गुरुङले यस कठिन अवस्थामा चितवन समाज इजरायलले गरेको सहयोग प्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए ।

त्यस्तै चितवन समाज इजरायलकी अध्यक्ष सरिस्मा बराल (उमा) ले सहयोग रकम हस्तान्तरणमा सहयोग गर्ने चितवन युवा अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ती प्रसाद अधिकारी लागायत सम्पूर्ण टिमलाई धन्यवाद दिदै सहयोगी मनहरुमा आभार प्रकट गर्दै बिरामीको सिघ्र स्वास्थलाभको कामना सहित आगामी दिनहरुमा निरन्तर चितवनवासीहरुको पीडामा सहयोग र साथ दिदैं जाने संसारन्युज डटकमलाई जानकारी दिइन् ।

वि.सं.२०७४ पुस १७ सोमवार ०५:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...