back
CTIZAN AD

चितवन समाज इजरायलद्वारा गुरुङलाई आर्थिक सहयोग

वि.सं.२०७४ पुस १७ सोमवार

864 

shares

h1चितवन जिल्लामा रहेका दुःखी पीडित हरुलाई मल्हम लागाउने उद्धेश्यले इजरायलमा रहेका चितवनवासी द्वारा स्थापित चितवन समाज इजरायलले क्यान्सर रोगले पीडित आस बहादुर गुरुङलाई आर्थिक सहयोग रगेको छ ।

भरतपुर नगरपालिका २३ का क्यान्सर रोगले पीडित गुरुङलाई रु १ लाख ४५ हजार रकम डिसेम्बर ३१ का दिन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ती प्रसाद अधिकारीले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

h2
चितवन समाज इजरायलकी सस्थापक तथा आजिबन सदस्य समाजसेवी कमला ढकाल तथा चितवन समाज इजरायलको पहलमा संकलित सो रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भरतपुर नगरपालिका वडा नम्बर २३ का बडा अध्यक्ष नरि नारायण पौडेल रहेका थिए भने अतिथिहरुमा वडा सदस्य जित बहादुर बस्नेत, रेडक्रस सोसाइटी उपशाखा जगतपुरका अध्यक्ष पदम प्रसाद भुसाल, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।

h3
सो अवसरमा बिरामी आश बहादुर गुरुङले यस कठिन अवस्थामा चितवन समाज इजरायलले गरेको सहयोग प्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए ।

त्यस्तै चितवन समाज इजरायलकी अध्यक्ष सरिस्मा बराल (उमा) ले सहयोग रकम हस्तान्तरणमा सहयोग गर्ने चितवन युवा अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ती प्रसाद अधिकारी लागायत सम्पूर्ण टिमलाई धन्यवाद दिदै सहयोगी मनहरुमा आभार प्रकट गर्दै बिरामीको सिघ्र स्वास्थलाभको कामना सहित आगामी दिनहरुमा निरन्तर चितवनवासीहरुको पीडामा सहयोग र साथ दिदैं जाने संसारन्युज डटकमलाई जानकारी दिइन् ।

वि.सं.२०७४ पुस १७ सोमवार ०५:२२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...