back
CTIZAN AD

मेचीपारि बसेका मेची समुदायका मानिस झोलुंगे पुलको पर्खाइमा

वि.सं.२०७४ पुस १७ सोमवार

804 

shares

mechi

१७ पुस, भद्रपुर ।  झापाको भद्रपुर नगरपालिकाअन्तर्गत रहेको मेची नदीपारिको मेचे बस्तीमा पुग्न मेची नदीमा झोलुंगे पुल नबन्दा स्थानीय बासिन्दा समस्यामा छन् ।

एक सामुदायिक विद्यालय, उपस्वस्थ्य चौकी र अस्थायी प्रहरी चौकी रहेको सो बस्तीका कुनै पनि व्यक्ति सरकारी सेवामा छैनन् । खेतीपाती र तरकारी खेतीलाई जीविकोपार्जनको प्रमुख आधार बनाएका त्यहाँका बासिन्दा वर्षाका समय जोखिम मोलेर पनि नदी वारपार गर्न बाध्य छन् । सुख्खा मौसममा खासै समस्या नभए पनि वर्षात्को समयमा नदीमा आउने बाढीले उनीहरुको दिनचर्यालाई कष्टकर बनाएको छ ।

कुनै समयमा मेची नदी सो गाउँदेखि पूर्वतर्फ बग्दै थियो र पछि धार परिवर्तन गरेर नदी गाउँको पश्चिमतर्फबाट पनि बग्न थालेपछि गाउँ टापु बनेको हो ।

एक सय ४० घरधुरी रहेको सो गाउँका बासिन्दा प्रमुख बजार भद्रपुर र चन्द्रगढी नै भएकाले उनीहरूको माग बमोजिम नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ मा पुल शिलान्यास गर्नुभएको थियो । एक वर्ष छ महिनामा पुल निर्माण गर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भ्याटसहित रु दुई करोड ८५ लाख ९८ हजार लागतमा निलगिरि सेवा प्रा (लि) बानेश्वर काठमाडौँसंग २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो ।

लम्बाइ २८० मिटर र चौडाइ १३ मिटर चौढाइसहितको पुल निर्माण गर्न निर्माण कम्पनीका प्रोप्राइटर युवराज डाँगीले काममा गरेको ढिलाइले सो पुल बन्न नसकेको हो ।

पुलमा प्रयोग हुने सामग्रीमा खिया लाग्ने र गुणस्तर खस्किँदै जाने र पुलका निम्ति बनाइएको दुई वटा अधुरा पिलरको काम छाडी बेपत्ता भएकाले उनलाई कारबाही गर्नुपर्नेमा स्थानीय पार्थ मण्डलले जोड दिनुभयो ।

वि.सं.२०७४ पुस १७ सोमवार ०८:०५ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...