back
CTIZAN AD

प्रवद्र्धनात्मक अभियानले पर्यटक बढाउन योगदान

वि.सं.२०७४ पुस १७ सोमवार

876 

shares

visit

काठमाडौँ । नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएर सन् २०१७ मा बाह्य पर्यटक आगमनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।

बोर्डले ‘भिजिट नेपाल–२०१७’, घुमफिर वर्ष–२०१७’ जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर बढी बाह्य पर्यटक भित्र्याउन सफल भएको हो ।

सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक बनाउन सावित भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो । बोर्डको १९औँ वार्षिकोत्सवको अवसरमा आइतबार प्रगति विवरण प्रस्तुत गर्दै सिइओ जोशीले निजी क्षेत्रसँगको साझेदारीमा चलाइएका विभिन्न अभियानले यस वर्ष १० लाख पर्यटक पुग्ने आशा गरिएको बताउनुभयो ।

“छिमेकी देश भारतबाट स्थलगत रुपमा आउने पर्यटकको यकिन गणना भएको छैन, अब पर्यटक तथ्यांकलाई व्यस्थित गर्ने प्रणालीको विकास गर्छौं,” उहाँले भन्नुभयो ।

बोर्डले जारी गरेको विज्ञप्तिअनुसार ‘भिजिन युरोप–२०१७’ अभियान सफलतापूर्वक सम्पन्न भएको छ । अभियानको प्रभावले अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा युरोपका पर्यटक ३० प्रतिशतले बढेका छन् । युरोपस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली तथा व्यवसायीसँग समन्वय गरी चलाइएको प्रवद्र्धनात्मक अभियानले नेपालमा पर्यटक आकर्षण गर्न मद्दत पुगेको अभियानको जिम्मेवारी लिनुभएका एक्सपोजिसन नेपालका प्रमुख दिपेशमान शाक्यले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भिजिन नेपाल सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई समयमै सम्पन्न गर्ने गरी कार्ययोजना अघि बढाउन सम्बन्धिन निकायको ध्यानाकर्षण गराउनुभयो ।

पर्यटकको संख्या बढाउने भन्दा पनि बढी खर्च गर्नसक्ने पर्यटक भित्र्याउने र त्यहीअनुरुपको गुणात्मक सेवा अभिवृद्धिका लागि व्यवसायीले सक्रियता देखाउनुपर्नेमा शाक्यले जोड दिनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले गुणस्तरीय पर्यटक बढाउन सेवा गुणस्तर र पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुभयो । बोर्डले सन् २०१८ मा पर्यटक आकर्षणका लागि छिमेकी देश भारत र चीनका पर्यटकलाई लक्षित गरी ‘डिजिटल मार्केटिङ’ लाई तीव्रता दिई अन्तर्राष्ट्रिय मिडियामा प्रवद्र्धनात्मक गतिविधि बढाउने भएको छ । यस्तै यस वर्ष ‘चुलो नेपाल, सफा नेपाल’ जस्ता अभियान चलाइनेछ ।

वि.सं.२०७४ पुस १७ सोमवार ०८:११ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...