back
CTIZAN AD

पेट पाल्नकै लागि मुसाको शिकार !

वि.सं.२०७४ पुस २० बिहीवार

801 

shares

२० पुस, झापा ।  खेत र धानको कुन्युँ नजिकै केही व्यक्ति जताततै खाल्डा खन्दै छन् । कतिपय खाल्डामा धुँवा लगाएर मुसाको सिकारमा व्यस्त छन् । खेतमा बालबालिका देखि वृद्ध सम्म छन् । आहारका लागि मुसाको सिकार गर्ने अल्पसंख्यक सन्थालहरूको दैनिकी हो यो । झापाको बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकामा बसोबास गर्ने सन्थाल (सतार) लार्इ केही साता यता भ्याइ नभ्याइ छ, मुसाको सिकार गर्न ।

खेतबाट धानबाली उठाएपछि बाँझो खेतमा मुसा प्वालभित्र बसेका हुन्छन् । ती मुसाको सिकार गरी आहारा जुटाउनु उनीहरूको दैनिकी जस्तै बनेको गरामनीका पूर्व उपप्रधानपञ्च बुधराई किस्कु सन्थाल बताउँछन् । उनी भन्छन्, ‘मुसा हाम्रो राम्रो तरकारी हो ।’

झापाका सन्थालहरूले परम्परागत रूपमै मुसाको आहार गर्दै आएका छन् । धानको सिजनमा खेतमा प्वाल बनाएर बस्ने मुसा सन्थालका लागि मन पर्ने तरकारी हो । ‘मुसा जत्तिको मीठो तरकारी अरूको हुँदैन,’ मुसाको सिकारमा व्यस्त स्थानीय ढेना सतार भन्छन् । धानबारीमा पासो थाप्ने, प्वालमा आगो बालेर धुवाँ लगाई मुसा बाहिर निकाल्ने, प्वालमा पानी हाल्ने र खन्ने प्वालभित्रका मुसा सिकारका चर्चित विधि हुन् । स्थानीय वसन्ती मुर्मू विगत २० दिन यता निरन्तर मुसाकै तरकारी खाइरहेको बताउँछिन् । २० दिनयता तरकारी जुटाउन उनका श्रीमान् र छोराछोरी सबै प्रायःसजो खेतमै हुन्छन् । बजारमा तरकारी नपाइने र पाइहाले पनि महँगो पर्ने भएका कारण मुसाको विकल्प नभएको उनको भनार्इ छ ।

वि.सं.२०७४ पुस २० बिहीवार ०५:०० मा प्रकाशित

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...