back
CTIZAN AD

नेपाल रेडक्रसको गोदाम घर निर्माणका लागि सम्झौता

वि.सं.२०७४ पुस २० बिहीवार

888 

shares

रेडक्रस सोसाइटी चाइना र नेपाल रेडक्रस सोसाइटीबीच केन्द्रीय गोदामघर निर्माणसम्बन्धी सहयोग सम्झौतामा आज काठमाडौंमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा चाइना रेडक्रसका तर्फबाट चाइनिज रेडक्रस (Red Cross Society of China, RCSC) का उपाध्यक्ष वाङ हाइजिङ *Wang Haijing* र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार रेडक्रस सोसाइटी चाइनाको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघरको निर्माण हुनेछ । केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै चाइना रेडक्रसका उपाध्यक्ष वाङ हाइजिङले नेपाल रेडक्रसलाई गोदाम निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग गर्न चाइना रेडक्रस तयार रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रसले विपद्को लागि पूर्वतयारी गरे पनि २०७२ सालको भूकम्पको समयमा ठूलो मात्रामा सहयोग गर्न ठूलो गोदामघरको आवश्यकता महसूस भएपछि चाइना रेडक्रस समक्ष गोदाम निर्माणको लागि प्रस्ताव गरिएको बताउनुयो । उहाँले भूकम्पका बेला चाइना रेडक्रसले पु¥याएको आर्थिक र सामग्रीगत सहयोगको प्रशंसा पनि गर्नुभयो ।

सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजना अनुसार यो गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताउनुभयो । प्रस्तावित भवनको विस्तृत डिजायन ३ महिना भित्र तयार हुने छ । रु. १३ करोडको लागतमा दुईवर्षभित्र गोदामघर निर्माण सम्पन्न गरी आवश्यक उपकरणहरुको समेत व्यवस्था गरिनेछ ।

रेडक्रस सोसाइटी चाइनाका उपाध्यक्ष वाङ हाइजिङका नेतृत्वमा नेपालको तीन दिने भ्रमणमा आएको प्रतिनिधिमण्डलले आजै भक्तपुरस्थित गोदामघर निर्माण स्थलको अवलोकन समेत गरेको छ भने भोली काभ्रेका भूकम्प प्रभावित समुदायहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा चाइना रेडक्रसका डेपुटी डाइरेक्टर, इन्टरन्यासनल कोओपरशेन डिभिजन प्रमुख सम्मिलित हुनुहुन्छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकाल, कार्यकारी निर्देशक इन्द्रबहादुर केसीलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ पुस २० बिहीवार १४:२८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...