back
CTIZAN AD

निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण –राप्रपा

वि.सं.२०७४ पुस २१ शुक्रवार

702 

shares

२१ पुस,काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

यही पुस १९ गतेदेखि आजसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । बैठकले चुनावमा पराजयका निमित्त लोकतान्त्रिक गठबन्धनससँग गरिएको तालमेल पनि कारणका रुपमा रहेको जनाएको छ ।
लिखित रुपमा भएको सम्झौतानुरुप नेपाली काँग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारीपूर्ण सहकार्य नहुनु पराजयको अर्को कारण भएको ठहर गरिएको छ ।
चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत अध्ययनअनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न बैठकले डा विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य हुनुहुन्छ ।
आगामी माघमा देशका सम्पूर्ण जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरिएको छ । निर्वाचनमा झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलाई बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मुलुक र पार्टीको सामुन्ने विद्यमान चुनौतीको सामना गर्दै राप्रपालाई देशको अग्रणी शक्तिका रुपमा स्थापित गर्ने क्रममा पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रीय परिषद्को बैठक आगामी फागुनको अन्तिम हप्ता वीरगञ्जमा आयोजना गरिने भएको छ । त्यस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णयसमेत पार्टीले गरेको छ ।

वि.सं.२०७४ पुस २१ शुक्रवार १५:१८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...