back
CTIZAN AD

कालिका पावरलाई साधारण शेयर जारी गर्न स्वीकृति

वि.सं.२०७४ पुस २१ शुक्रवार

870 

shares

 

२१ पुस,काठमाडौँ  : गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई छ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण शेयर जारी गर्ने छ ।

कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
गोरखाको दरौदी खोलामा कम्पनीले छ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नेछ ।

बोर्डले बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर जारी गर्न स्वीकृति दिइएको थियो ।

वि.सं.२०७४ पुस २१ शुक्रवार १५:१५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...