back
CTIZAN AD

शव भेटिएको पन्ध्र महिनापछि पक्राउ

वि.सं.२०७४ पुस २१ शुक्रवार

720 

shares

२१ पुस,नुवाकोट   : एक व्यक्तिको मृत्यु भएको पन्ध्र महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले पाँच जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ ।
पक्राउ परेकाविरुद्ध प्रहरीले आज नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । विसं २०७३ असोज १४ गते धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका बेलकोटगढी नगरपालिका–७ रातमाटेका पुरुषोत्तम लामाको हत्या भएको आशंकामा स्थानीयवासी पाँच जनालाई बिहीबार पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बेलकोटगढी–७ का ५० वर्षीय रामनारायण यादव, २८ वर्षीय कृष्णबहादुर तामाङ, ३९ वर्षीय बालकृष्ण लामा, ४५ वर्षीय चन्द्रबहादुर लामा र ४० वर्षीय झिल्केबहादुर लामा छन् । विसं २०७३ असोज ११ गते हराएका ५० वर्षीय पुरुषोत्तमको शव त्रिशूली नदी किनारमा भेटिएकाले तत्कालीन समयमा बगाएर मृत्यु भएको प्रहरीले जनाएको थियो ।
शवको परीक्षणमा ‘टाउकोमा चोट’ लागेर मृत्यु भएकाले भवितव्य देखिए पनि पीडित परिवारको किटानी जाहेरीले घटना रहस्यमय देखिएकाले संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पुरुषोत्तम हराएको दिन नै नुवाकोटमा हत्या गरी शव त्रिशूली नदीमा बगाइदिएको भन्दै उनकी छोरी लक्ष्मीले धादिङ प्रहरीमा जाहेरी दिए पनि लिन अस्वीकार गरिएको थियो । घटनाको पन्ध्र महिनापछि यही पुस १२ गते किटानीसहित दिइएको जाहेरीले नुवाकोटमा नै ‘हत्या भएको हुनसक्ने’ भन्दै नुवाकोट प्रहरीलाई घटनाको अनुसन्धान गर्न धादिङ प्रहरीले गरेको आग्रहअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ पुस २१ शुक्रवार १५:१३ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...