back
CTIZAN AD

चिया छाँटकाँट गर्न किसान व्यस्त

वि.सं.२०७४ पुस २१ शुक्रवार

828 

shares

२१ पुस, मंगलबारे, इलाम । चिसो मौसम शुरु भएसँगै चियाको मुना पलाउन छाडेको छ । तर पनि इलामका किसानको व्यस्तता चियाबारीमा नै देखिन्छ ।

जिल्लाका चिया किसानको दैनिकी चियाबारीमा बित्ने गरेको छ । चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पु¥याउन खटेका कृषक यतिबेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम शुरु हुन्छ ।

चियालाई विभिन्न चरणमा काँटछाँट गरिन्छ । यतिबेला कटिङको काममा कृषक व्यस्त छन् । चिया टिपाइ सकिएपछि हल्का ढंगले हरेक वर्ष काँटछाँट गर्ने गरिएको छ । यतिबेला चिया नकाटिए उत्पादनमा ठूलो असर पुग्ने अन्तुका चिया किसान केशव घिमिरे बताउनुहुन्छ ।

हरेक तीन वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ । जमिनको सतहदेखि १२ देखि १४ इञ्चसम्म यो कटाइ गर्नुपर्छ । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट छ सेन्टिमिटरमा अर्को कटाइ हुन्छ । तर यहाँका नयाँ बगानले यो कटिङ गर्नुपरेको छैन ।

ठूलो बगान भएका कृषकले ब्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् । कटिङ गर्ने क्रममा अधिकांश कृषक व्यस्त छन् । चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएकाले अर्मपर्मले काम चलाउने गरेको कृषकको भनाइ छ ।

“चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल छ”, किसान लक्ष्मण गौतमले भन्नुभयो, “खेती बिगार्नुभन्दा आफैँ अर्मपर्म गरेर काम चलाउने गरेका छौँ ।” ठूला चिया बगानमा पनि श्रमिक घटेका कारण काँटछाँटमा मेशिनको प्रयोग हुने गरेको छ । तर मेशिनको कटिङले उत्पादनमा असर भएको भन्दै अधिकांश कृषकले भने प्रयोग घटाएका छन् ।

जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा यस्तै दैनिकी हरेक कृषकको छ । फैलिँदो चियाखेती र घट्दो कामदारका कारण खेतीवालाले नै सबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता बढेको हो ।

वि.सं.२०७४ पुस २१ शुक्रवार ११:०८ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

नारायणगढ (चितवन) । परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस...