back
CTIZAN AD

‘बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक’

वि.सं.२०७४ पुस २३ आइतवार

873 

shares

२३  पुस,दार्चुला : सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले दार्चुलाको व्यास क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

महाकाली नदी नियन्त्रण आयोजना र कृषि कार्यालयद्वारा सञ्चालित योजनाहरुको अनुगमन निरीक्षणमा दार्चुला पुग्नुभएका राज्यमन्त्री पुनले यहाँ आयोजित पत्रकार सम्मेलन सो कुरा बताउनुभएको हो ।

त्रिदेशीय सीमा नाका जोडिएको व्यासमा बाह्रै महिना सुरक्षाकर्मी बस्न सक्ने व्यवस्था मिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री राज्यपुनले आजै महाकाली नदी किनारमा निर्माणाधीन पक्की तटबन्धको निरीक्षण गर्दै भारतको खोतिलाबाट आएको सुख्खा पहिरोका कारण नेपालतर्फको ६० मिटर पक्की तटबन्ध भत्किएको ठाउँमा पुनः ठेक्का सम्झौता गरी तत्काल निर्माण कार्य थालनी गरिनेसमेत बताउनुभयो । तटबन्ध निर्माणका लागि बजेटको कुनै समस्या नभएको बताउँदै उहाँले महाकाली नदी किनारमा निर्माण भइरहेको पक्की तटबन्ध राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्नुभयो ।

यसैगरी उहाँसँगै जिल्ला भ्रमणमा रहनुभएकी कृषि राज्यमन्त्री सरिता प्रसाईंले सरकारले कृषकलाई दिँदै गरेको अनुदान रकम वास्तविक कृषकसम्म पुग्न नसकेको बताउनुभयो । दार्चुला जिल्ला मकै उत्पादनमा आत्मनिर्भर भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले स्थानीय जनतासँग अन्र्तक्रिया र स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

वि.सं.२०७४ पुस २३ आइतवार ०४:०० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...