back
CTIZAN AD

चिसोका कारण सप्तरीका सामुदायिक र निजी विद्यालय बन्द

वि.सं.२०७४ पुस २३ आइतवार

882 

shares

२३ पुस, राजविराज ।  पछिल्लो केही दिनयता अत्यधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप चार दिनका लागि बन्द गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले सप्तरीसहित तराईका जिल्लामा शीतलहरसँगै बढेको जाडोका कारण विद्यालय जाने बालबालिकालाई समस्या भएकाले आजदेखि चार दिनसम्मका लागि सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो । यसअघि बिहीबार र शुक्रबार दुई दिन यहाँका विद्यालय बन्द गरिएको थियो । जिल्लामा ४१२ सामुदायिक विद्यालय छन् ।
यस्तै जिल्लाका निजी विद्यालयसमेत आजदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको प्याब्सनका अध्यक्ष पञ्चदेव यादवले बताउनुभयो ।
सिरहाका विद्यालय माघ १ सम्म बिदा 
लहान – अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा बिदाको समय थप एक साता बढाइएको छ । जिल्ला शिक्षा कार्यालय सिरहामा बसेको शिक्षा समितिको बैठकले अत्यधिक चिसो बढेका कारण बालबालिका बढी प्रभावित भएकाले माघ १ गतेसम्मका लागि सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

शिक्षा समितिले पहिलो पटक तीन दिनका लागि सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरे पनि मौसममा सुधार नआएकाले एक साता विद्यालयमा बिदा दिने निर्णय भएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिनुभयो ।
केही दिनयता बढेको शीतलहर र चिसोका कारण सिरहा जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दूधे बालकदेखि ६० वर्षसम्मका मानिस निमोनियालगायत प्रकोपबाट पीडित भएका छन् ।

पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको तथा सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ । चिसोले बिरामी परेका दैनिक करिब ४० देखि ५० जनासम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिनुभयो ।

वि.सं.२०७४ पुस २३ आइतवार ०८:१८ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...