back
CTIZAN AD

गोरखा समाज अष्ट्रेलियाको दोस्रो बार्षिक साधारणसभा तथा बार्बिक्यू कार्यक्रम सम्पन्न

वि.सं.२०७४ पुस २३ आइतवार

792 

shares

अष्ट्रेलियामा रहेका गोर्खालीहरूलाई एकताबद्ध गर्दै एक अर्कामा आपसी सद्धभाब र भाईचारा अभिबृद्धि गर्ने उद्देश्यका साथ सामाजिक क्षेत्रमा पृथक र महत्वपूर्ण भूमिका खेल्दै आएको गोरखा समाज अष्ट्रेलियाको दोस्रो साधरण सभा तथा बार्बिक्यू कार्यक्रम सम्पन्न भएको छ ।

यहि ६ जनवरी २०१८ का दिन सिड्नीको Ashfield Park मा भव्यरुपमा साधारणरभा सम्पन्न गर्नुका सार्थ बार्बिक्यू कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
समाजका निबर्तमान अध्यक्ष ध्रुव पोखरेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अष्ट्रेलियामा रहेका बिभिन्न संस्थाका प्रतिनिधिहरू, समाजका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरु र नेपालबाट भ्रमण भिसामा आउनुभएका अभिभाबकहरूको समेत बाक्लो उपस्थिति रहेको उक्त भेलाले आगामी दुई बर्षे कार्यकालको लागि २५ सदस्यीय नयाँ कार्यकारी समितिको सर्बसम्मत मनोनयन गरेको छ ।
त्रिलोचन पोखरेलको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा प्रकाश बस्ताकोटी, सचिबमा शिब बन्जारा, कोषाध्यक्षमा ऋतु श्रेष्ठ र सहकोषाध्यक्षमा राजु पोखरेललाई मनोनित गरिएको छ ।
त्यस्तै अन्य कार्यकारी सदस्यहरुमा सुरेन्द्र दुवाडी, ईश्वर दाहाल, संजित श्रेष्ठ, जय श्रेष्ठ, सजिता श्रेष्ठ, कृष्ण भट्टराई, दिजा श्रेष्ठ, संजय श्रेष्ठ, शर्मिला धिताल, दिनेश श्रेष्ठ, योगेन्द्र जोशी, दिपक देबकोटा, संजिप खत्रि, कृष्ण भट्ट र प्रज्वल श्रेष्ठ रहेका छन् । सस्थालाई अष्ट्रेलियाको अन्य राज्यहरुमा समेत बिस्तार गर्ने योजना अनुरूप अन्य राज्यबाट पनि एक–एक जना संयोजक रहने र उक्त संयोजक मुख्य कार्यसमितिको उपाध्यक्ष रहने गरि बिधान पनि संशोधन गरिएको छ ।


कार्यक्रमका सञ्चालक शिब बन्जाराले संस्थाको स्थापना कालदेखि आजसम्म समाजले गरेका सामाजिक गतिबिधीहरूको बारेमा प्रतिबेदन पेश गर्दै छोटो समयमा नै समाजले उल्लेख्य सामाजिक काम गरेको बताएका थिए ।
समाजका सचिब प्रकाश बस्ताकोटीले समाजको पारदर्शितामा सदैब स्पष्ट रहेको बताउदै सँस्थाको आर्थिक प्रतिबेदन पेश गरेका थिए । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा स्टेट कोअर्डिनेटर नन्द गुरूङ्गले यस सँस्थाले सामाजिक क्षेत्रमा अत्यन्त्यै सह्र्रनिय काम गर्दै आएको बताउदै आगामी कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए । यसैगरी बिश्व बिज्ञान क्षेत्रकै चर्चित ब्यक्तित्व Cardiothoracic Specialist तथा Transplant Surgeon  डा. कुमुद धितालले आगामी दिनहरूमा समाजले अझै प्रभावकारी र ठोष कार्ययोजनाहरू बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।


सोहि अवसरमा अभिभाबकहरूको प्रतिनिधित्व गर्दै कृष्ण थापाले प्रबासमा पनि गोर्खाली सँस्थाहरु सक्रिय रहेर बिभिन्न सामाजिक कामहरू गरेकोमा गौरवान्वित भएको भन्दै शुभकामना ब्यक्त गरेका थिए । नयाँ कार्यसमितीको अध्यक्ष त्रिलोचन पोखररेलले आगामी दिनहरूमा सम्पूर्ण गोरखालीहरुलाई एकताबद्ध गरेर बिबिध रचनात्मक काम गर्दै समाजलाई नयाँ उचाईमा पुर्याउन आफुले सक्दो प्रयास गर्ने बताएका थिए ।
समाजका निबर्तमान अध्यक्ष ध्रुव पोखरेलले आफ्नो दुई बर्षे कार्यकालमा समाजले अत्यन्त्यै महत्वपूर्ण कार्य गरेको र पार्दशिता तथा जावेफदेहीताको नमुना प्रस्तुत गरेको बताँउदै नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे । उनले स्थापनाकालदेखी प्रत्यक्ष अप्रत्यक्ष सल्लाह, सुझाव र सद्भाब प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरूमा पनि सबैको अमुल्य सहयोगको अपेक्षा राखेको बताए ।

वि.सं.२०७४ पुस २३ आइतवार ०८:२४ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...