२३ पुस, एजेन्सी । स्पेनिश क्लब एथ्लेटिको बिल्बाओका प्रशिक्षक केपा अरिजबालगा रियल म्याड्रिड आउने पक्का भएको छ । स्पेनिश समचार संस्था वोन्डा सेरोका अनुसार अरिजबालगाले रियल म्याड्रिडसँगको मेडिकल समेत पुरा गरिसकेका छन् । एरिजबालगा २० मिलियन पाउन्ड बराबरको रकममा रियल जाने भएका हुन् ।
एरिजबालगालाई यसै हप्ता औपचारिक रुपमा क्लब भित्राउने बताईएको छ । गत सिजन बिल्बाओको पहिलो रोजाईको टिममा बढुवा भएका स्पेनिश किपर एजिबालगाले पछिल्लो समयमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।
उनी रियल म्याड्रिड आएपछि पहिलो रोजाईका किपर किलोर नाभासको ब्याकअपको रुपमा खेल्ने छैन् ।
वि.सं.२०७४ पुस २३ आइतवार ०९:१० मा प्रकाशित

























