back

डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न

वि.सं.२०७४ पुस २३ आइतवार

243 

shares
RBB AD
NTC AD

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुईवर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ वितरण समारोह सम्पन्न भएको छ ।

अनेसासका पूर्व पदाधिकारीहरु,अमेरिकाका विभिन्न राज्यहरुबाट उपस्थित पदाधिकारी ,साहित्यकार, अतिथि तथा बिभिन्न संघरसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले मन्तव्यका क्रममा बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरुले योगदान गरेको कुराको प्रशंसा गर्दै नेपाल सरकार र दुतावासको तर्फबाट बिजेताहरुलाई बधाई दिदै कार्यक्रम सफलताको कामना गरेका थिए ।

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरुले नेपाली तथा अंग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएको उक्त कार्यक्रमको सभापतित्व केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले गरेका थिए भने संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्वअध्यक्षहरु, बोर्ड अफ ट्रस्टीका सभापति डा श्याम कार्की, अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायत अन्यको उपस्थिति रहेको थियो ।

बोर्ड अफ ट्रस्टीका सभापति डा श्याम कार्कीले सर्बोत्कृष्ट पुरस्कार अब क्षेत्रीय रुपमा गर्नु पर्ने बताउदै बिजेताहरुका पुस्तक कम्तिमा पनि एक हजार बेच्ने प्रयास गर्नुपर्ने कुरामा जोड दिए । कार्कीले अनेसास उत्कृष्ट पुरस्कारका बिजेताका पुस्तकलाई अरुको जन्म दिवस तथा अन्य कार्यक्रममा समेत दिनुपर्ने बताएका थिए ।

तीन चरणमा गरिएको उक्त कार्यक्रममा उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएकोले पुरस्कार सहित अमेरिकी डलर १५००  नगद प्रदान गरिएको थियो ।
पुरस्कार प्राप्त गरेपछि साहित्यकार धरावासीले आफ्नो पुस्तक ग्रेट फल्सले डायस्पोरिकलाई समातेको बताउँदै पुस्तक जीवन र संघर्षमा आधारित रहेको बताएका थिए ।

धरावासीको अंग्रेजी पुस्तक राधा, बिमला निरौलाको सिडी तथा नर्बेबाट आएका बैज्ञानिक संसार एक पाठशालाको समेत बिमोचन गरिएको थियो ।
मन्तब्य तथा शुभकामना दिने क्रममा अनेसास पुरस्कार वितरण की सभापति सीता पाण्डे, महाबाणिज्यदूत प्रेमराजा महत, यूवा साहित्यकार ह्यारी एचबि भण्डारी, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, नर्वेका साहित्यकार तथा बैज्ञानिक बिशाल सिटौला, अनेसासका बोर्ड अफ ट्रस्टिका रोहिणी शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले आफूले प्राप्त गरेको २ हजार डलरको रकम व्यक्तिगत रुपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गर्दै अनेसासको आफ्नै एक भवन डिसीमा क्षेत्रमा खरिद गर्ने बिषयमा चर्चा गरिएको र त्यसका लागि अग्रिम रुपमा केही रकम प्रदान गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
पुरस्कृत हुनेहरु १९ जनामा अधिकांश उपस्थित भएका थिएनन् । उपस्थित हुनेहरुमा अनेसास शान्तिराम ढकाल अन्तर्राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार शकुन ज्ञवालीको ‘तिमी र म’ कवितासङ्ग्रहलाई प्रदान गरिएको छ ।
त्यस्तै अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कारका लागि कवि सुदीपभद्र खनालको ‘भुइँफूल’को गीत कवितासङ्ग्रहलाई दिइएको छ ।
त्यस्तै अनेसास गोबर्धन पूजा अन्तर्राष्ट्रिय भाषासाहित्य पुरस्कारका लागि कवयित्री कल्पना सत्यालको कवितासङ्ग्रह ‘द विलो’ लाई दिएको छ । कार्यक्रम सञ्चालन बोर्ड अफ ट्रस्टीका सचिव शिब लामिछानेले गरेका थिए ।

वि.सं.२०७४ पुस २३ आइतवार ०७:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियम। बेल्जियममा रहेका कलाकार तथा पत्रकार उज्ज्वल केसीको हृदयघातबाट निधन...

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डले आयरल्यान्डमा नेपाली दूतावास...

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

न्युयोर्क । नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...